बागमती खोला किनारमा महिलाको शव फेला
मकवानपुर । काठमाडौंस्थित बागमती खोला किनारमा महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान बानेश्वर क्याम्पस नजिक बागमती खोला किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी मिनबहादुर लामाले जानकारी दिए।शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । खबरब्रेक डटकमबाट











































