चट्याङबाट कसरी बच्ने ?
मकवानपुर । केही दिनदेखि विभिन्न ठाउँमा वर्षासँगै चट्याङ परिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा दाङ, जुम्ला, सोलुखुम्बु, बर्दिया र डडेलधुरामा गरी चट्याङ लागेर ६ जना घाइते भएका छन्।
चट्याङका कारण भेडाबाख्रा जस्ता चौपाया पनि मर्न थालेका छन्। चट्याङ लागेपछि कतिपय सर्वसाधारण डरले आत्तिने गर्छन्। प्राधिकरणका अनुसार चट्याङ लाग्दा यी सुरक्षित उपाय अपनाउन सकिन्छ।
जस्तै :
– सकेसम्म घरभित्रै बस्ने
– बाहिर हुँदा बिजुली चम्केका वेला वा पानी परेका वेला रूखमुनि ओत नलाग्ने
– बिजुलीको खम्बामुनि नबस्ने
– छाता नओढ्ने
– खेतबारीमा काम नगर्ने
– पौडी नखेल्ने
– डुंगा नचलाउने
– सवारीसाधनमा भए भित्रै बस्ने
– चट्याङ पर्दा सुरक्षित ठाउँ नपाए दुबै हात टाउकोमाथि राखी निहुरिएर टाउकोलाई घुँडा बीचमा राख्ने। थाहाखबर डटकमबाट











































