आज मकवानपुरमा थप २८ जना संक्रमणमुक्त

लोकखबर
२१ आश्विन २०७८, बिहीबार १५:२३

मकवानपुर । बिहीवार मकवानपुरमा थप २८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ जनामा कोरोना पुष्टि भएकोमा २८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार २ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ९ सय ५६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*