मुख्यमन्त्री शाक्यले विश्वास मत लिने
मकवानपुर। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते आईतबार विश्वासको मत लिने भएकी छन् ।
विश्वासको मत लिनका लागि प्रदेश सरकारले असोज २४ गते नवौँ (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेश सभामा बहुमत प्राप्त दलको नेताका रुपमा शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्।
सरकारको राजीतिक दल विभाजन सम्बन्धित अध्यादेशले नेकपा (एमाले) आधिकारीक रुपमा विभाजन भएपछि माधव नेपाल नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० नयाँ पाटी बनेको छ ।
शाक्य मुख्यमन्त्री हुँदा एमालेका ५६ सांसद थिए । ११० सदस्यीय प्रदेशमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ।
एमाले विभाजन भएपछि १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका छन्।
अहिले प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र) का २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्।











































