नगर प्रमुख धरमेन्द्र पटेलको प्रमुख अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०७८-०७९ मा नगरको समग्र बिकासका लागि ४९ करोड ८६ लाख १५ हजार बाणिज्य सहितको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो पाचौं नगर सभाबाट ४९ करोड ८६ लाख १५ हजार रुपैयाँ बजेट पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र चन्द्रबंसीले बताए ।
कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा ९ वटै बडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।











































