मकवानपुरका विजय र जितेन्द्रले रुस–युक्रेन युद्धमा ज्यान गुमाए

लोकखबर
७ चैत्र २०८०, बुधबार ०९:०५

मकवानपुर । मकवानपुरका दुई युवाहरुले जारी रुस–युक्रेन युद्धमा ज्यान गुमाएका छन् । मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङले युद्धमा ज्यान गुमाएका हुन् । रुसी सेनामा भर्ती भई युद्ध लडेका उनीहरु मकवानपुरको कुन पालिकाको हो भन्ने खुलेको छैन र पछिल्लो पटक रुसले पठाएको १५ जना नेपाली मृतकहरुको सूचिमा उनीहरु दुबैको नाम समावेश गरिएको छ ।

उनीहरुबारे थप जानकारी जुटाउन अहिले जिल्ला प्रशासन कार्यालय मकवानपुर पनि लागिपरेको बुझिएको छ । बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार मकवानपुरका विजयबहादुर थोकर ५ महिनादेखि परिवारको सम्पर्कमा छैनन् । विजयकी श्रीमति हरिमायाका अनुसार विजयसँग पछिल्लो पटक गत कात्तिक ६ गते सम्पर्क भएको थियो ।

युद्धमा जानुअघि विजयले एक साताअघि टेलिफोन सम्पर्क हुन नसक्ने जानकारी हरिमायालाई गराएका थिए । काठमाडौंमा घर बनाउने काम गरिरहेका विजय ८ लाख रुपैयाँ खर्च गरेर रुस पुगेको कान्तिपुरमा उल्लेख छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*