मकवानपुरले जित्यो जीतपुर सिमरा क्रिकेट कप

लोकखबर
२०८० चैत्र १०, शनिबार १९:३५

मकवानपुर । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधी मकवानपुर क्रिकेट एशोसिएशनले जितेको छ । जीतपुरसिमरा–४ औराहा स्थित सेज क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पर्सा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधी जितेको हो । टस जितेर पहिला ब्याटिङ्ग गरेको पर्साले १९.४ ओभरमा अल आउट हुदैँ ९० रन जोडेको थियो ।

पर्साका लागि सुरज पटेलले सर्वाधिक ४५ रन बनाए । पटेलले ४३ बलमा दुई चौका र तिन छक्का प्रहार गरे । यसैगरि पर्साका हासिम अन्सारीले १० रन बनाए भने अन्य ब्याट्समैनले दोहोरो रन जोड्न सकेन । पर्सालाई सस्तैमा समेट्नका लागि असिम श्रेष्ठले ३.४ ओभरमा घातक बलिङ्ग गर्दै सर्वाधिक ३ विकेट लिए भने पियुश शर्मा २ र बिशाल फुयाँल र रोहित ठाकुरले समान १–१ विकेट लिए । पर्साले दिएको ९१ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मकवानपुरले १२.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थिए । मकवानपुरका लागि तक्षक सिम्खडाले ३० रन बनाए । सिम्खडाले २० बलमा २ चौका र ३ छक्का प्रहार गरे । यसैगरी मकवानपुरका बिशाल फुयाँलले २५, सक्षमले अविजित रहँदै १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले एक्लै ३ विकेट लिए ।

उपाधिसँगै मकवानपुरले १ लाख नगद प्राप्त गरेको छ भने पर्साले ५० हजार हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मकवानपुरका शुभ कंसकार घोषित भएका छन् । उनले १० हजार नगद प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मकवानपुरका शुभ कंसकार, उत्कृष्ट बलर खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव घोषित भए । विजेता तथा उपविजेता खेलाडीलाई नेकपा एमालेको पोल्युट ब्युरो सदस्य एवं पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल ,मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी ,नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेल लगाएतले पुरस्कार वितरण गरेका थिए ।जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र अभियान नेपालको आयोजनामा प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको