मकवानपुरगढीमा एम्बुलेन्स दुर्घटना, चालक घाईते

लोकखबर
१३ चैत्र २०८०, मंगलवार २१:४०

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको बा.प्र.०१-००३ झ ५८०६ नंम्बरको एम्बुलेन्स आज दुर्घटनामा परेको छ ।

बिरामी पुर्‍याएर फर्कँदै गर्दा मकवानपुरगढी ७ नरसिंह डाँडामा अनियन्त्रित भई एम्बुलेन्स सडकदेखि ५०० मिटर तल खसेर रुखमा अड्किएको वडा नम्बर ७ का वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिए। दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुरगढी ७ नरसिंह डाँडाका वर्ष ३७ का पेमा रत्न तितुङ घाइते भएको मकवानपुरगढीबाट संचारकर्मी एम.पी. शर्माले जानकारी दिएका छन् ।

घाइतेलाई उद्धार गरी अहिले मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुर्वप्रसाद लामिछानेले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*