हेटौँडा ६ मा वार्षिक योजनाका लागि सुझाव संकलन

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माणका लागि ६ नम्बर वडाबाट सुझाव संकलन गरिएको छ । हेटौँडा ६ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
सरोकारवालाहरुबाट नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ वडा नम्बर ६ मा पुगेका थिए । कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर ६ का वडाअध्यक्ष तथा नगरप्रमुख लामा, उपप्रमुख बानियाँ र अन्य उयपस्थितहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले सरोकारवालाहरुको सुझाव अनुसार बजेट निर्माण गर्ने बताएकी थिईन् । वार्षिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गरिरहेको छ । नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम यसअघि नै वडा नम्बर १,३,४ र ५ मा सम्पन्न भइसकेको छ ।