विदेशी पर्यटकको हवाई उद्धार

सेनाले वोकेर गरे उद्धार
लोकखबर
११ बैशाख २०८२, बिहीबार १९:५३

त्रिशूली-नुवाकोटसंग जोडिएको रसुवाको पर्यटकिय स्थानको भ्रमणमा आएका एक जना विदेश िपर्यटकको उद्धार गरिएको छ । पहिले सेनाले पैदल वोकेर र हवाई स्थानमा लगेपछि हेसलिकप्टरमार्फत उद्धार गरिएको हो ।
नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जस्थित पर्यटकीय क्षेत्र भ्रमाण समयमा बिरामी परेका एक जना इजरेली पर्यटकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो । उनलाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
सेनाले दुई घण्टा पैदल बोकेर ति पर्यटकलाई शेर्पा गाउँसम्म पु¥याएर प्राथमिक उपचारपछि हेलिकप्टरमा काठमाडौँ पठाएको हो । नुवाकोट र रसुवामा यतिवेला विदेशी पर्यटकहरुको आगमन भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *