नागरिकका आवाज र मुद्धा कमजोर
विदुर–आम नागरिकका मुद्धालाई विशेष प्राथमिकिकरणमा जोड दिदै सवै पक्ष क्रियाशील हुनु पर्ने नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा जोड दिइएको छ । पछिल्लो समय आम नागरिकका मुद्धाहरु कमजोर हुन थालेको हुंदा यसको व्यापकतामा जोड दिइएको छ ।
गैरसरकारी सस्था महासङ नेपाल नुवाकोटको आयोजनामा भएको कार्यक्रममा नागरिक समाजका मुद्दामा व्यापकता दिइनु पर्ने वताइएको छ । अन्र्तक्रियामा नागरिकका एजेन्डा तथा मुद्दाहरूबारे अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा गैरसरकारी सस्था महासङ नेपाल महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई, महासचिव देवी खड्का, उपाध्यक्ष भवराज रेग्मी, बागमती प्रदेश इन्चार्ज पहलमान श्रेष्ठ, प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा, सचिव नरेशकुमार श्रेष्ठ, महासंघका जिल्ला अध्यक्ष लोचन भट्टराई, आदिवासी जनजाति महासंघका अध्यक्ष भगवान रानामगरलगायत सर्वसाधारण, विभिन्न संघसंस्था, बैंक, र सामाजिक क्षेत्रका प्रतिनिधिहरूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म नागरिक समाजका आवाज र एजेन्डालाई उजागर गर्दै समन्वय र सहकार्यको आवस्यकता रहेकोमा जोड दिएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले अब सरकारी गैरसरकारी सस्थाहरु डिजिटल प्रणालीमा जानु पर्ने र जनताको आवश्यकता आधारित रहेर सरकारी तथा गैरसरकारी सस्थाको साझेदारी पहरेदारी गरि सुशासन अनुसार काम गर्नु पर्ने आवश्यक रहेको वताए । आम सर्वसाधारणको विषयलाई अव विशेष रुपमा सवै क्षेत्रले उजागर गर्नुपर्ने समय आएको सहभागीहरुले निष्कर्श निकालेका छन् ।











































