विदुरमा विपन्न दलित शसक्तिकरण कार्यक्रम
विदुर–नुवाकोटको विदुर नगरपालिकाले विपन्न दलित शसक्तिकरण कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रम अन्र्तगत आयआर्जनका लागि वाख्रापालनमा प्रोत्साहन दिइएको छ ।
विदुर नपा २ मा विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तरगत बाख्रा पालन सम्बन्धि १५ दिने तालिमसंगै आर्थिक सहयोगसमेत गरिएको छ । कार्यक्रमअन्र्तगत तालिममा सहभागी २३ जना प्रशिक्षार्थीहरुलाई बाख्रा खरिदको लागी अनुदान स्वरुप रकम हस्तान्तरण गरिएको छ ।
एक जनालाई तीनहजार पांचसय रुपैया आर्थिक सहयोग उपलब्ध गराउने योजना अनुरुप अनुदान प्रदान गरिएको हो । यसवाट सिप सिकेर वाख्रापालनलाई सुरुवात गरेर आयअर्जनमा मद्धत पुग्ने र थोरै भएपनि जिविकोपार्जनमा सहयोग हुने मेयर राजन श्रेष्ठले वताए ।
उनले तालिम लिएकाहरु व्यावसायिक रुपमा बाख्रा पालनमा निरन्तर जोडिने र आर्थिक रुपमा समृद्धि हुने विश्वास व्यक्त गरे । विदुर नपाले गरिवी नियन्त्रणका लागि कृषि, पशुपालन, प्रविधिलगायतका क्षेत्रमा कार्यक्रम गरिरहेको छ ।











































