विपन्न दलित शसक्तिकरण कार्यक्रम

विपन्नलाई वंगुरका वच्चा हस्तान्तरण
लोकखबर
२०८२ जेष्ठ १५, बिहीबार २२:०३

विदुर–नुवाकोटको सुर्यगढी गाउंपालिकामा दलित शसक्तिकरण कार्यक्रम सन्चालन गरिएको छ । उक्त कार्यक्रमअन्र्तगत विपन्न दलित परिवारको जीविकोपार्जनका लागि बंगुरको वच्चा हस्तान्तरण गरिएको छ ।
गापामा सञ्चालन गरिएको ‘विपन्न दलित सशक्तीकरण कार्यक्रम’ अन्तर्गत २५ जना लक्ष्यित घरपरिवारलाई बंगुरको पाठा–पाठी वितरण गरिएको हो । स्थानीयस्तरमा स्वरोजगार आयआर्जनको वाटो सिर्जना गर्ने उद्देश्यले सुर्यगढी गापाा अध्यक्ष सन्तबहादुर घलेको पहलमा दलित शसक्तिकरण कार्यक्रम सन्चालन भएको हो ।

दलित किसानहरुलाई पहिचान गरि गापा अध्यक्ष घलेलगायतले लक्ष्यित वर्गलाई बंगुरका पाठापाठी हस्तान्तरण गरिएको हो । अध्यक्ष घलेले गाउंसमाजका पछाडि परेका वर्गलाई आत्मनिर्भर बनाउँदै जिविकोपार्जनको मार्ग सहज बनाउन यस प्रकारका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा विस्तृत योजनासहित सशक्तीकरण कार्यक्रम अघि बढाइने उल्लेख गरे । कार्यक्रमअन्तर्गत २५ जनालाई बंगुरको पाठा–पाठी वितरण गरिएको सुर्यगढी ४ का वडाध्यक्ष रामशरण राईले जानकारी दिए ।


सर्वाधिक रुचाइएको