विदुर नगरपालिका आफ्नै आधुनिक भवनमा
विदुर–चार दशक पुरानो नुवाकोटको विदुर नगरपालिका आफ्नै भवनमा सरेको छ । विदुर नपा ४ विदुरमा आफ्नै पक्कि र आधुनिक भवन निर्माण भएपछि सरेर सेवा सुचारु गरेको छ ।
पुरानो भवन भुकम्पले क्षति गरेपछि सोही स्थानमा नयां भवन निर्माण गरेर प्रशासकीय सेवा सुचारु गरिएको विदुर नपा कार्यालयले जनाएको छ । कुल १७ करोड रुपैयाको लागतमा चार तल्ले पक्कि आधुनिक भवन निर्माण भएको हो ।

सो भवनमा आवासतर्फ छुट्टै १२ कोठा र कार्यालयतर्फ ४० कोठा रहेको छ । भवन निर्माणमा संघीय सरकार र विदुर नगरपालिकाको लगानी रहेको छ ।
सो भवन भुकम्प प्रतिरोधी, अपांगमैत्री, सुरक्षा मापदण्ड अनुसार निर्माण गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।
कार्य सेवा दिन पर्याप्त सो भवनवाट प्रशासनिक सेवा सुचारु भएको उनले वताए ।नवनिर्मित नयाँ भवनमा विशेष पूजाआराधना र पुरोहितद्वारा स्वस्तिवाचनसहित भवन प्रवेश गरेर कार्य सुचारु गरिएको हो । उपमेयर प्रभा बोगटी र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले शुभ साइत गरि पूजाआराधनासहित भवन प्रवेश गरेर कार्य सञ्चालनमा ल्याइएको हो ।

१० वर्ष अगाडिको विनासकारी भूकम्पको कारण यसअघिको भुइतले भवनमा क्षति पुगेपछि विदुर नपा–२ प्रहरीपोष्ट अगाडि रहेको सहकारी कार्यालयको सांघुरो भवनबाट प्रवाह गर्दै आएको विदुर नपा अव सुविधा सम्पन्न पक्कि नयाँ भवनमा सरेर सेवा सन्चालन गरेको उपमेयर प्रभा वोगटीको भनाई छ । यसअघि कार्यालय रहेको भवनमा दमकल शाखा र कर्मचारी आवास वनाइएको छ ।

न्पाका सवै कार्य नयाँ भवनबाट दिन थालिएको छ । गत २०७६ मङ्सिर १ गतेदेखि डिभिजन सहकारी कार्यलय नुवाकोटको भवन बाट विदुर नपाको प्रसासकिय सेवा प्रदान गर्दै आएकोमा सांढे पांच वर्षपछि नयाँ, आधुनिक र सुबिधा सम्पन्न प्रसाशकिय भवनबाट सेवा सुचारु भएको प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलको भनाई छ ।












































