विशेषता नै विशेषता वोकेको चरा

चराको आंखा भन्दा दिमाग सानो
लोकखबर
२०८२ जेष्ठ १६, शुक्रबार १४:०८

सुन्दै अचम्म लाग्छ कि, दिमागभन्दा पनि ठूलो आँखा हुने चरा यो सन्सारमा छ? ! भनेर, हो एउटा यस्तो चरा छ, जसको आंखा दिमाग भन्दा पनि ठुलो हुन्छ ।
जुन यस्तो चरा हो जुन उड्न सक्दैन । यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो होे । यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ । अव तपाइलाई झनै कौतुहलता लाग्यो होला कि कुन चरा हो त?

 

तपाईं हामीलाई सायदै थाहा होला, अस्ट्रिच चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ । यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ ।
अस्ट्रिच चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ । यसको अन्डा पाक्न आधा घन्टाभन्दा बढी समय लाग्छ । यसले वर्षमा करिव ५० वटा अन्डा पार्ने गर्दछ ।
अस्ट्रिच चरा लगभग ७० वर्षसम्म बाँच्छ । यसको दाँत हुँदैन, पाचन शक्ति मजबुत भएका कारण घाँस, कीरा फट्याँग्राहरूलाई यसले सोझै निल्दा पनि राम्रोसँग पचाउँने गर्दछ ।

 

जंगली अस्ट्रिच अफ्रिकाको सवाना क्षेत्रमा पाइन्छन् । पहिले एसियामा पनि पाइन्थे । तर, धेरै सिकारी बढेपछि यहाँका अस्ट्रिच घट्दै गए । अचेल नेपालमा पनि मासुका लागि अस्ट्रिच पाल्ने चलन बढेको छ ।
अस्ट्रिच चराको पँखेटा त हुन्छ । तर, उड्नका लागि होइन । यसले दौडँदा सन्तुलन बनाउन पँखेटाको प्रयोग गर्छ । त्यसका साथै नृत्य गर्दा तथा घामबाट बच्न पनि यसले पँखेटाको प्रयोग गर्छ । यो चरालाई पानी खान जरुरत नै पर्दैन । आफूले खाएका घाँसबाट नै पानीको मात्रा यसले पु¥याउँछ । यो चरालाई खाएको भोजन पचाउन लगभग ३६ घन्टा लाग्छ ।

 

अस्ट्रिच ५० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छ । अधिकांश चराको ३ वटा औंला हुन्छन् । तर, यसको खुट्टामा भने दुईवटा मात्रै औंला हुन्छन् । जसले उसलाई छिटो दौडन मद्धत मिल्छ । यसको अर्को विेशषता भनेको लगभग ३ किलोमिटर टाढाको वस्तुलाई पनि यसले सजिलै देख्न सक्छ ।


सर्वाधिक रुचाइएको