विद्यालयमा साइवर सचेतना अभियान
विदुर–नुवाकोटको तादी गाउँपालिकामा साइबर अपराध सचेतना कार्यक्रम सन्चालन गरिउको छ । विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।
“सावधानी अपनाऔं, साइबर अपराधबाट बचौं” भन्ने मूल नारासहित साइबर अपराधसम्बन्धी विद्यालय सचेतना कार्यक्रम अमरज्योति प्राविधिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रम तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारी, इलाका प्रहरी कार्यालय खरानीटारका बरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्रप्रसाद जैसवाल, सहायक हल्दार बलबहादुर थापालगायतले साइवर सचेतनावारे जानकारी गराएका थिए । सचेतना कार्यक्रममा तादी गापाका सूचना प्रविधि अधिकृत पुरुषोत्तम वाग्लेले साइबर अपराध, यसबाट कसरी जोगिने, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे कक्षा १० का विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सचेतनावारे जानकारी लिएका थिए । यसैबीच, तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित एकीकृत पाठ्यक्रमसम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको तादी गापा अध्यक्ष सन्तमान तामाङले समापन गरे । उक्त तालिममा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत ध्रुव खनाल, शिक्षा अधिकृत सन्तोष खनाल, प्रअ टिकादेवी खरेल, प्रशिक्षक कुमारराज श्रेष्ठ, जनार्दन नेपाल, तथा शिक्षक सहजकर्ता दीपकप्रसाद सिटौलालगायतले तालिमको प्रभावकारिताका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।
तालिममा तादी गापा अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । एकीकृत पाठ्यक्रमको सैद्धान्तिक र व्यवहारिक पक्षमा शिक्षकहरूलाई अभिमुखीकरण गराउनु तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।











































