प्रचण्ड वोलिरहंदा जव युवक जुरुक्क उठेर भने ‘तपाइसंग मेरो प्रश्न छ ?!’ …
विदुर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार नुवाकोटको विभिन्न कार्यक्रममा सहभागी भए । उनले तीन फरक/फरक कार्यक्रममा मन्तव्य राखेका छन् ।
नुवाकोटको सूर्यगढी गाउँपालिका –३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहको उनले उद्घाटन गरे । सो कार्यक्रममा उनले मन्तव्य राखिरहेका वेला ठिक उनको अगाडि दर्शकदीर्घातर्फ वसिरहेका एक युवक जुरुक्क उठे ।

अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य, विकास, परिवर्तन र गणतन्त्रका कुरा गरेर मन्तव्य राखिरहेका वेला स्थानीय अर्थात् सुर्यगढी गापा २ वोहोरेका युवक जनार्दन अधिकारी जुरुक्क उठेर ‘मेरो तपाइसंग एउटा प्रश्न छ?’ भने । मन्तव्य दिइराखेका माओवादी अध्यक्ष प्रचण्डले तत्काल भने–यो समय सवालजवाफ गर्ने होइन, तपाई अघि तल(विदुर)मा भएको पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यहि सोध्न पाइन्थ्यो नि ’ भने ।
प्रचण्डले यति भनिसक्दा नसक्दै उनका पिएसओ तत्काल युवकलाई रोक्न र वाहिर जान निर्देशन दिन युवक भए ठाउंमै पुगे । अन्य प्रहरीहरु पनि हुर्रर युवक भए ठाउ. पुगे र त्यहावाट उनलाई लिएर हिडे ।
पांच मिटर पर पुग्ने वित्तिक्कै युवकमाथि अन्य व्यक्ति जाइलागे, युवकमाथि हातपात भयो । यसो भइरहंदा आयोजकले प्रचण्डलाई मायाको चिनो प्रदान ग¥यो, उद्घोषकले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको घोषणा गरे ।

दर्शकदिर्घावाट धेरैको आवाज आयो ‘प्रश्न राख्छु भन्दैमा हातपात गर्न र लछारपछार गर्न त पाइदैनन नि हो ?’ युवकले प्रहरीकै घेरामा केहि मुक्काको सामना गरे ।
कार्यक्रममा सहभागी सयौंले यहि दृश्य चलचित्रको कलाकारलाई पर्दामा देखेझंै हेरिरहे । माओवादी अध्यक्ष प्रचण्ड सवैलाई नमस्कार गर्दै आफ्नो गाडीतर्फ गए, गाडीमा वसे अनि चांडै काठमाडौं पुग्नुछ भनेर हुइकिए ।
यि सवै दृश्य हेरिरहेका वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनाली भन्दै थिए–प्रश्न सोध्छु भन्दैमा हातपात गर्नु त गलत हो । सहभागी कतिपयले आफ्नो मोवाइल झिकेर युवकलाई लछारपछार गरिरहेको दृश्य कैद गरिरहेका थिए ।

प्रहरीले प्रचण्डलाई प्रश्न सोध्छु भन्ने युवक जर्नादन अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ ।
पहिले कार्यक्रममा युवककै सुरक्षाका लागि नियन्त्रणमा राखिएको वताएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक विक्रम लामाले उनलाई हिरासतमा राखिएको वताए । प्रचण्डसंग प्रश्न सोध्छु भनेका युवक अधिकारीले प्रहरी हिरासतवाटै पत्रकारलाई भनेका छन्–मेरो के कसुर भयो?
युवक अधिकारीले प्रचण्डलाई आफुले “के देशमा १० वर्षे शसस्त्र जनयुद्धको लक्ष्य यहि हो त? मात्रै सोध्न लागेको वताए । प्रहरीले युवक अधिकारीलाई पत्रकारसंग केहि नवोल्न चेतावनी दिएका छन् ।

युवक अधिकारीमाथि हातपात र प्रहरीले पक्राउ गरेपछि सर्वत्र विरोध भएको घटनाका प्रत्यक्षदर्शी वसन्त न्यौपानेको भनाई छ । हातपातै त गर्न भएन नि न्यौपाने भन्दै थिए ।
प्रहरीले पक्राउ गरेका युवक जर्नादन अधिकारीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । उनलाई तत्काल रिहा गर्नु पर्ने स्थानीयवासीले माग गरेका छन् । 











































