शिक्षामा परिवर्तन आवस्यकः प्रचण्ड
विदुर–शिक्षामा अव परिवर्तन आवस्यक रहेको माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले वताएका छन् । उनले अव शिक्षा पद्धती सुधार गरिनु पर्ने वताए ।
नुवाकोटको चोकदेस्थित वागेश्वरी माविको हिरक जयन्तीको शनिवार उद्घाटन गर्दै प्रचण्डले अवको शिक्षामा परिवर्तन आवस्यक रहेको वताए । युवा शक्तिलाई देशमै पसिना वगाउने योजनासहितको शिक्षा प्रणाली जरुरी भएको उनको भनाई छ ।

देशमा वितेको १५ वर्षमा शिक्षा, स्वास्थय, पुर्वाधार तथा स्वरोजगारमा उन्नती भएको दावी गरे । गणतन्त्रको उपलव्धिलाई आत्मसात गर्न नसकेर केहि शक्तिहरुले राजावादीलाई उचालेको उनको आरोप थियो ।

देशमा कुनै पनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गर्दै अध्यक्ष प्रचण्डले देशमा परिवर्तनकारी शक्तिहरु एकजुट हुनु पर्ने वताए । देशमा केहि पनि भएन भन्ने भाष्य सिर्जना गरेर जनतालाई भड्काउन खोजिएको उल्लेख गर्दै प्रचण्डले गणतन्त्रवादीहरुले जनतालाई गणतन्त्रको उपलव्धि वुझाउनु पर्ने वताए ।

माओवादी अध्यक्ष प्र्रचण्डले हिरक जयन्ती स्तम्भ र स्मारिकाको समेत बिमोचन गरे । कार्यक्रममा विद्यालयलाई जग्गादान गर्ने, विभिन्न क्षेत्रवाट योगदान दिने व्यक्ति तथा विद्यालयका पुर्व अध्यक्षहरुलाई विद्यालयले सम्मान गरेको छ ।

कार्यक्रममा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रि हितवहादुर तामाङ, सुर्यगढी गाउंपालिकाका अध्यक्ष शन्तवहादुर घलेलगायतले आधुनिक र व्यवहारिक शिक्षाको महत्वका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा विभिन्न गीत, संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो ।












































