साततलेको अवलोकन गर्दै प्रचण्डले भने ‘छिट्टै पुर्ननिर्माण हुनुपर्छ!’

आफैंले पुर्ननिर्माणको पहल गरेको दावी
लोकखबर
२०८२ जेष्ठ १७, शनिबार १९:५७

विदुर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार नुवाकोटको महत्व वोकेको साततले दरवार राष्ट्रिय संग्रहालयको स्थलगत अवलोकन गरेका छन् । उनले नुवाकोट र नेपालको इतिहाससंग जोडिएको यस दरवारको छिट्टो पुर्ननिर्माण हुनु पर्ने वताए ।
अध्यक्ष प्रचण्डले विदुर नगरपालिका २ स्थित नुवाकोट टाकुरोमा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय साततले दरबारको स्थलगत अवलोकन गरि यसको पुर्ननिर्माणले धार्मिक पर्यटनमा मद्धत पुग्ने वताए । उनले आफ्नै पहलमा यसको पुर्ननिर्माणको कार्य भएकोसमेत दावी गरे ।
भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई भइरहेका बेला अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री भएका वेला आफ्नै अग्रसरतामा दरबार पुनर्निर्माणको काम अगाडि बढाइएको दावी गरे । उनले दरवार र सो स्थान आसपासमा रहेका पुरातात्विक वस्तुका सम्वन्धमा स्थानीयवासीसंग अन्र्तक्रियासमेत गरे ।
दरवार अवलोकनका क्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रि हितवहादुर तामाङ, प्रतिनिधि सभा सदस्य विमला सुवेदी, राष्ट्रिय सभा सदस्य श्रीकृष्णप्रसाद अधिकारी, वागमति प्रदेश सभा सदस्यद्वय रामप्रसाद ढुंगाना र राधिका तामाङलगायतले पनि दरवार पुर्ननिर्माणमा ढिलाई हुंदा सम्पदाको महत्वमाथि प्रश्नचिन्ह खडा भइरहेको वताए । साततले दरवार काठमाडौवाट ६० किलोमिटर दुरी पश्चिम वागमतिमा रहेको छ ।

 

 


सर्वाधिक रुचाइएको