विदुरमा वन्यो खुल्ला व्यायामशाला

सर्वसाधारणलाई सुविधा
लोकखबर
२०८२ जेष्ठ १८, आईतवार १९:२४

विदुर–आम सर्वसाधारणको सुविधका लागि पहलिो पटक नुवाकोटको विदुरमा खुल्ला व्यायामशाला सन्चालन गरिएको छ । एक वडा एक व्यायामशालाको अवधारणा अनुसार विदुर नगरपालिकाले विदुर २ साततले दरवार जाने वाटो नजिकै मसलाघारीमा सवैको पहुँचमा रहनेगरी खुल्ला व्यायमशाला निर्माण गरेको हो ।

शारीरिक सुगठन, स्फुर्ति र स्वास्थ्यका लागि आवश्यक व्यायामशाला नगरभित्रका नागरिकहरुले आवश्यकता अनुसार निःशुल्क रुपमा प्रयोगमा ल्याउने गरी खुल्ला व्यायमशाला स्थापना गरिएको उद्घाटन गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले बताए । उनले यसको संरक्षण गरेर आन्तरिक तथा वाहय व्यक्तिहरुको पहुंचमा लैजान स्थानीयवासीलाई सुझाव दिए ।

व्यायामशाला उद्घाटन कार्यक्रममा विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले सार्वजनिक स्थानको संरक्षण र नागरिकको स्वास्थ्यका लागि व्यायामशाला निर्माणसहित उद्घाटन गरिएको बताए । स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको उक्त व्यायामशाला कुल ६ लाख २३ हजार ४ सय ४४ रुपैँयामा निर्माण सम्पन्न गरिएको समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

विदुर नपाको प्रत्येक वडामा ’एक–एक वटा खुला व्यायाम स्थल’ निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम अनुरुप उक्त व्यायामशालाको निर्माण गरिएको हो । अन्य वडाहरुमा पनि क्रमशः निर्माण गर्ने जनाइएको छ । विगतका निर्माण भएका र संरक्षण र मर्मतको अभावले जीर्ण भएका व्यायामशालाको पनि मर्मतसम्भार गर्ने लक्ष्य लिएकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पुरा गरिने जनाइएको छ ।

 


सर्वाधिक रुचाइएको