किसानलाई उन्नत जातको भैसीँको पाडी

चार जातका पाडी हस्तान्तरण
लोकखबर
२०८२ जेष्ठ १९, सोमबार २०:५७

विदुर–किसानलाई भैंसीपालनप्रति आत्मनिर्भर वनाउने उद्धेश्यले नुवाकोटको किस्पाङ गाउंपालिकाले उन्नत जातको भैंसीको पाडी वितरण गरेको छ । यसवाट किसान संरक्षणमा मद्धत पुगेको छ ।
किस्पाङ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत किस्पाङ गापा ४ साल्मेका किसानलाई उन्नत नश्लको भैसीँको पाडी (५० प्रतिशत अनुदानमा) वितरण गरिएको हो । उक्त भैसीँका पाडीहरु स्याङजा जिल्लाबाट ल्याइएको हो ।

दूध उत्पादनमा लागि पाडी प्रवद्र्धन कार्यक्रम अन्र्तगत साल्मेका १३ जना किसानलाई मुर्रा, निलराबी र जाफारबादी जातको भैंसीका पाडीहरु कार्यक्रमकावीच हस्तान्तरण गरिएको किस्पाङ गापा काहुलेले जनाएको छ ।
सहकारीमा आवद्ध भएका र नभएका किसानहरुलाई किस्पाङ गापाका उपाध्यक्ष अर्जुन न्यौपानेले पाडीहरु हस्तान्तरण गरेका हुन् । उनले स्वरोजगार र आत्मनिर्भर वन्न किसानहरुलाई मद्धत पुगेको वताए ।

किसानहरुलाई गापाको पशु शाखाका डा. प्रेम जियम, किस्पाङ ४ साल्मेका वडाध्यक्ष विनोद तामाङ, नमोवुद्ध सहकारीका अध्यक्ष एकराज घलेलगायतले अनुदानको भैसीका पाडीहरु हस्तान्तरण गरेका हुन् ।

 


सर्वाधिक रुचाइएको