सदियौं पुरानो महाचैत्यको संरचना अनावरण

विदुर–नुवाकोटको अशोकवाटिका क्षेत्रमा सदियौं पुरानो संस्कृतिको संरक्षण सुरु गरिएको छ । संस्कृति संरक्षणमा जोड दिदै विदुर नगरपालिका २ स्थित ऐतिहासिक लिच्छबिकालीन स्वयम्भु महाचैत्यको पुर्ननिर्माण कार्य भइरहेको छ ।
विभिन्न चरणमा यसको विभिन्न संरचनाहरुको निर्माण र अनावरण कार्य भइरहेको छ । जसअन्र्तगत महाचैत्यको प्रवेशद्धारमा स्थापित जोडी सिंहको मूर्तिको अनावरण गरिएको छ ।
बागमती प्रदेसका पूर्व सँस्कृति तथा पर्यटनमन्त्री तथा बागमती प्रदेससभा सदस्य शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामा नवनिर्मित संरचनाको अनावरण गरिएको छ । व्रज्राचार्यसहित विदुर नपाका मेयर राजन श्रेष्ठ, वडाध्यक्ष्ँ दीपक कायस्थलगायतका जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा सर्वसाधारणको उपस्थितीमा विद्यिवत पूजाअर्चनासहित नवनिर्मित संरचनाको अनावरण गरिएको हो ।
उक्त अवसरमा पुर्वमन्त्रि वज्राचार्यले सदियौं पुराना संरचनाहरुको पुर्ननिर्माण तथा संरक्षणले स्थानीय सम्पदाको प्रवद्र्धन र धार्मिक पर्यटनसमेत वढ्ने वताए । विदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नपालाई धार्मिक सम्पदायुक्त आकर्षक गन्तव्यका रुपमा विकसित गर्ने योजना रहेको वताए ।
उक्त संरचनका लागि वागमति प्रदेश सरकारको संस्कृति, पर्यंटन मन्त्रालयमार्फत रकम प्राप्त भएको थियो । प्राप्त रकम ४८ लाख ५० हजार रुपैयामा सिंहको जोडी मुर्ति, स्वयम्भु चैत्यमा आवस्यक संरचना, वौद्धको मुर्ति स्थापना कार्य भइरहेको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए ।
उक्त संरचना १७०० वर्ष पुरानो स्वयम्भु चैत्यको पुर्ननिर्माण कार्य योजना अनर्तगत गरिएको जनाइएको छ । गत १८१६ सालमा पृथ्वीनारायण शाहले नुवाकोटवाटै नेपाल एकिकरणको सुरुवात गरेका थिए ।