विद्यालयलाई स्वास्थ्य र खेल सामग्री

–विद्यार्थीलाई पोशाक
देवचन्द्र भट्ट
२०८२ जेष्ठ २०, मंगलवार २३:१४

विदुर–नुवाकोटको विभिन्न विद्यालयमा विद्यार्थीलाई अध्ययनमा उत्साहित गराउने उद्धेश्यले स्वास्थ्य, खेल सामग्रीका साथै पोशाकसमेत वितरण गरिएको छ । तारकेश्वर गाउंपालिकामा रहेको विभिन्न चार विद्यालयमा ति सामग्रीहरु प्रदान गरिएको हो ।

तारकेस्वर गापा २ मा रहेको पिमलटार माबि र श्रीकृष्ण माबिलाई स्वास्थ्य सामग्रीहरुका साथै र विरामी शैया (वेड) हस्तान्तरण गरिएको हो । यसका साथै स्थानीय बिपी आधारभुत विद्यालयलाई खेलकुद पोशाक र नमूना जागृत आधारभुत विद्यालयलाइ राष्ट्रिय पोशाक बितरण गरिएको हो ।
विद्यालयमा पुगेर यसोदादेवी/भगवानसिह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतले ति सामग्रीहरु हस्तान्तरण गरे । शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा ट्रष्टले कार्य गर्दै आएको र यसलाई निरन्तरता दिइने डा. केसीले वताए ।

विद्यालयमा विरामी शैया (वेड) ओम अस्पताल र डा. आनन्द श्रेष्ठमार्फत उपलव्ध भएको हो । ग्रामीण भेगका नागरिकलाई लक्ष्यित गरेर सेवामुलक कार्यलाई प्राथमिकता दिइएको आयोजक यसोदादेवी/भगवानसिह केसी मेमोरियल ट्रष्टका सहसचिव सरोज केसीको भनाई छ ।


सर्वाधिक रुचाइएको