अपांगता भएकालाई घरमै स्वास्थ्य परिक्षण
विदुर–नुवाकोटको किस्पाङ गाउँपालिकाले अपांगता भएकाहरुलाई घरमै स्वास्थय परिक्षण गरेको छ । यसवाट सम्वन्धित कार्यालयसम्म पुग्न नसकेका अशक्तहरुलाई सुविधा पुगेको छ ।

किस्पाङ गापाले अपांगता भएकाहरुको स्वास्थय परिक्षण गरेको हो । पहिलो चरणमा त्रिशूली अस्पताल नुवाकोटमा कार्यरत डा. कैलाश विश्वकर्मासहितको टोलीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था परिक्षण गरेको किस्पाङ गापा कार्यालय काहुलेले जनाएको छ ।

हाल १२ जना अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था चेकजाँच गरिएको गापा उपाध्यक्ष अर्जुन न्यौपानेले जानकरी दिए । उनका अनुसार कतिपय अपांगता भएकाहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिएको थियो ।

यसलाई निरन्तरता दिइने प्रमुख प्रशासकिय अधिकृत चक्रवहादुर शाहीको भनाई छ । सम्वन्धित कार्यालयसम्म जान नसकेका अपांगता भएकाहरुले सुविधा पाएका हुन् ।











































