वातावरण संरक्षणमा सवैको सक्रियताको जरुरी
विद्यार्थीमाझ वक्तृत्वकला प्रतियोगिता
विदुर–विश्व वातावरण दिवस–२०८२ को अवसरमा नुवाकोटमा विविध कार्यक्रम गरिएको छ । अन्र्तक्रिया, वक्तृत्वकला, ¥यालीलगायतका कार्यक्रम गरिएका छन् ।
विदुर नगरपालिकामा विभिन्न कार्यक्रमहरु गरिएको छ । दिवसको अबसरमा विदुर नपा ५ ले बक्तृत्वकला प्रतियोगिता तथा बृक्षरोपण कार्यक्रम गरेको छ ।
आजको आवश्यकता वातावरणमैत्री शिक्षाको विषयमा भएको बक्तृत्वकलामा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा चन्द्रज्योती माविका पर्वत पाण्डे प्रथम भएका छन् ।

गुडविल एकेडेमिकी अनामिका अधिकारी द्वितीय भइन् । च्वाडी माविकी रन्जिता मानन्धर तृतिय भएकी छन् भने सहिद जगत प्रकाशजंग संस्कृत माविका रोशन खतिवडाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
ति विजेताहरूले क्रमशः नगद २ हजार ५ सय, २ हजार, १ हजार ५ सय, र १ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा विजेताहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, वडाध्यक्ष लीलानाथ न्यौपाने, डिभिजन वन कार्यालयकी प्रमुख रोशना पोखरेललगायतले वातावरण संरक्षणको लागि सवै क्षेत्रले सहयोग पु¥याउनु पर्ने वताए ।

सोही कार्यक्रमकावीच बिरुवाहरु कल्फी, निम, टक्कर, गुलमोहर, टेकीमा, धुपी, अमला, अम्बा, चापलगायतका २ सय भन्दाबढि वोट बिरुवाहरु रोपिएको छ । कार्यक्रम विदुर ५ को आयोजना तथा डिभिजन बन कार्यालय, र रुडेक नेपालको समन्वयमा बक्तृत्वकला प्रतियोगिता भएको थियो ।

यता, विदुर नपाको नवनिर्मित प्रमुख प्रशासकीय भवन परिसरमा फूल तथा फलफूल जातको बिरुवा बृक्षरोपण गरिएको छ । कार्यक्रममा मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल लगायत विभिन्न शाखाका प्रमुख सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।














































