फरार युवक सात वर्षपछि पक्राउ

–अदालतमा पेस गरियो
लोकखबर
२०८२ जेष्ठ २३, शुक्रबार २०:३३

त्रिशूली–अदालतवाट दोषी ठहरिएका एक जना फरार युवक रसुवामा सात वर्षपछि पक्राउ परेका छन् । कारवाहीका लागि अदालतमा पेस गरिएको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा रसुवा जिल्ला अदालतबाट गत २०७४ साल चैत्र ५ गते दोषी रहेको फैसला भई ५ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका रसुवा गोसाईकुण्ड गाउंपालिका ६ धुन्चेका ३० वर्षिय प्रमेश घलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनलाई कैद सजायका रसुवा जिल्ला अदालतमा वुझाइएको प्रहरी नायव उपरिक्षक हेमवहादुर शाहीले जानकारी दिए ।


सर्वाधिक रुचाइएको