दलित समुदायमाझ जिविकोपार्जन कार्यक्रम

पशुपालनका लागि वाख्रा वितरण
लोकखबर
२०८२ जेष्ठ २३, शुक्रबार २०:४७

विदुर– नुवाकोटको किस्पाङ गाउंपालिकामा दलित समुदाय जिविकोपार्जन कार्यक्रम सन्चालन गरिएको छ । दलित समुदायलाई पशुपालनका लागि वाख्रा वितरण गरिएको छ ।
किस्पाङ गापा  २ नं. वडा कार्यालयको आयोजनामा शुक्रवार दलित समुदाय जिविकोपार्जन कार्यक्रम अन्र्तगत दलितको जीवनस्तर सुधारका लागि वाख्राको पाठी वितरण गरिएको हो । दलित समुदायलाई शतप्रतिशत अनुदानमा वाख्राका पाठापाठी हस्तान्तरण गरिएको हो ।
यस कार्यक्रममार्फत दलित समुदायका १८ जना कृषकहरुलाई शतप्रतिशत अनुदानमा बाख्राको उन्नत नश्लको पाठीहरु वितरण गरिएको हो । किस्पाङ गापा अध्यक्ष वीरबल तामाङ,  उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडाध्यक्ष बद्रीप्रसाद देवकोटा,  प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर शाही, पशु सेवा शाखा प्रमुख डा. प्रेम जिएम, पशु प्राविधिक श्रीकृष्ण बजगाई,  वडा प्राविधिक सुरेश न्यौपाने, वडा सचिव मुनाकुमारी बोहरा लगायतले दलित किसानहरुलाई वाख्राको पाठी हस्तान्तरण गरे ।
कार्यक्रममा किस्पाङ गापा अध्यक्ष वीरवल तामाङले यसवाट दलित समुदायको जीवनस्तर परिवर्तन हुने वताए । गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले यस कार्यक्रमवाट दलित समुदायले आफुलाई परिवर्तन र सक्षम वनाउने वताए ।
प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर शाहीले वाख्राका पाठीहरु उचित रुपमा स्याहारसुसानर गरेर पालन गरि आयआर्जन गर्न दलित किसानहरुलाई सुझाव दिए । उक्त कार्यक्रमको लागि सरकारी दररेटमा बाख्राको पाठीहरु चित्लाङ बाख्रा विकास फार्म मकवानपुरले उपलव्ध गराएको थियो ।


सर्वाधिक रुचाइएको