महिलाहरुका लागि एकैपटक तीन कार्यक्रम
विदुर–महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले विदुरमा सन्चालित कार्यक्रम सम्पनन भएको छ । विकास कार्यक्रम अन्र्तगत सिप र स्वरोजगारलाई प्राथमिकता दिदै आएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले सन्चालन गरेको तीन तालिम एकै पटक सम्पन्न भएको हो ।

महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले विभिन्न सिपमुलक कार्यक्रम सम्पन्न गरिएसंगै प्रमाण पत्र प्रदान गरिएको हो । महिलाहरुलाई दुई महिने सिलाईकटाई, दुई महिने ब्युटीपार्लर र १० दिने डल तथा कुसन बनाउने तालिम समपन्न गरिसंगै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।
उनले सिप सिकेर मात्रै नभई स्वरोजगार भएर आत्मनिर्भर हुन सहभागीहरुलाई आग्रह गरे ।

उपमेयर प्रभा वोगटीले विगतमा घरको कामकाज मात्रै महिलाले गर्ने भन्ने पुरानो चलनलाई हटाएर अव महिलाहरु सानातिना उदम गर्न सक्षम भएको र यस तालिमको सदुपयोग गर्न आग्रह गरिन् ।

सिलाइकटाइका सहभागीहरुलाई नानु गुरुङ, व्युटीपार्लरतर्फ सुमिना महर्जन र गुडिया वनाउनेतर्फ रजनी थापामगरले प्रशिक्षण दिएकी हुन् । महिलालाई आत्मनिर्भर बनाउन विदुर नपा १ का महिलाहरुलाई सन्चालित तीन वटा तालिम एकैसाथ समापन गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले सिप सिकेर स्वरोजगार र स्वावलम्भी हुन सहभागीहरुलाई आग्रह गरे । उनले तालिम जीवन उपयोगी हुने भएकोले लगनशीलताका साथ सिपलाई सदुपयोग गर्न वताए । प्रतिस्पर्धात्मक युगमा आय आर्जनमूलक सीप महत्वपुर्ण रहेका कारण महिलालाई सिप प्रदान गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने भएकाले महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भरतर्फ क्रियाशील हुन उत्प्रेरणा जागेको कार्यालयले जनाएको छ । सहभागीका तर्फवाट कमला कुंवर र देउती श्रेष्ठले सिप सिकेर अव आयआर्जनमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।














































