लिफ्टिङ खानेपानी योजना निर्माण

अध्यक्ष अधिकारीले गरे उद्घाटन
लोकखबर
२०८२ जेष्ठ २४, शनिबार १८:३२

विदुर–नुवाकोटको पश्चिमी भेगमा रहेको वुधसिङमा खानेपानी योजना निमाृण गरिएको छ । बिउरिनी कटरबोट लिफ्टिङ खानेपानी आयोजनाको निर्माणसंगै उद्घाटन गरिएको छ ।
नवनिर्मित बिउरिनी कटहरबोट लिफ्टिङ खानेपानी आयोजनाको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले उद्घाटन गरे । तारकेश्वर गापा ४ बुधसिंहमा निर्मित खानेपानी योजनाले स्थानीयवासीलाई सुविधा पुगेको छ ।

उद्घाटन गर्दै अध्यक्ष अधिकारीले वर्षौंदेखि तल्लो बुधसिंहका बासिन्दाले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गर्न विगतमा आफूले गरेको प्रतिबद्धताअनुरुप लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको बताए । आयोजना निर्माण हुनुअघि तल्लो बुधसिंहका सयौँ घरधुरीले परम्परागत रुपमै सोही मुहानको पानी प्रयोग गर्दै आएका थिए ।

मुहानदेखि गाउँसम्म बोकेरै पानी ओसार्नुपर्ने समस्या थियो । तारकेश्वर गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा निर्माण भएको उक्त आयोजनाको लागि अध्यक्ष अधिकारीले काम सम्पन्न गर्न बजेट अपुग भएको देखिएपछि थप १ लाख रुपैयाँ निकासा गरेका छन् ।
बिउरिनी कटरबोट मुहानको पानी ६ सय मिटर माथिसम्म लिफ्टिङ गरी तल्लो बुधसिंह गाउँमा रहेको वितरण ट्यांकीमा आयोजनाको उद्घाटन गरिएको हो । यसवाट गाउ.वासीलाई निकै सुविधा पुगेको छ ।

 

 


सर्वाधिक रुचाइएको