साहसिक पर्यटनका लागि लाङटाङ ट्रेल रन प्रतियोगिता

सोलुखुम्वुका मिलन र सेनाकी सोनसरीले जिते उपाधि
लोकखवर विशेष संवाददाता
२०८२ जेष्ठ २४, शनिबार १८:३८

विदुर–साहसिक खेल पर्यटनका लागि शनिवार लाङटाङ ट्रेल रन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा महिलातर्फको उपाधि नेपाली सेनाले जितेको छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका ४ लाङटाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १५ जना विदेशी, १५ महिलासहित एकसय एक जनाले सहभागिता जनाएका थिए ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सोलुखुम्वुका मिलन कुलुङले उपाधि जिते । सोही रनको महिलातर्फ सेनाकी सुनसरी रोकायाले उपाधि जितिन् ।
उपाधिसंगै दुवै विजेताले नगद एक/एक लाख रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार थापे । पुरुषतर्फ उपाधि विजेता मिलन कुलुङले निर्धारित दौड दुई घण्टा ३६ मिनेट ४९ सेकेण्डमा पुरा गरेका हुन् ।
महिलातर्फकी विजेता सेनाकी सुनसरी रोकायाले निर्धारित दौड दुई घण्टा ५५ मिनेट ४३ सेकेण्डमा पुरा गरेकी हुन् । पुरुषतर्फ पांचथरका विशाल राईले दुई घण्टा २७ मिनेट १५ सेकेण्डमा पुरा गरे दोश्रा भए ।

सोलुखुम्वुका अर्जुन कुलुङ राईले दुई घण्टा २८ मिनेट ४९ सेकेण्डमा पुरा गरि तृतीय, कैलालीका किरणसिंह वोगटीले दुई घण्टा २९ मिनेट ३४ सेकेण्डमा पुरा गरि सान्त्वना र काठमाडौका गोपाल लामाले निर्धारित दौड दुई घण्टा ३१ मिनेटमा पुरा गरि पांचौ भए । महिलातर्फ प्रहरीकी लाक्पानीमा शेर्पाले निर्धारित दौड तीन घण्टा ५ मिनेट ३० सेकेण्डमा पुरा गरि दोश्रो, खोटाङकी निर्मला राईले तीन घण्टा १५ मिनेट ३२ सकेण्डमा पुरा गरि तेश्रो, सोलुखुम्वुकी आङफुर्वा शेर्पाले तीन घण्टा ३८ मिनेट ४१ सेकेण्डमा पुरा गरि सानत्वना र प्रिया राईले तनि घण्टा ४५ मिनेट ५८ सेकेण्डमा पुरा गरि पांचौ भइन् ।
महिला र पुरुष दुवैतर्फको दौड प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका प्रतियोगीहरुले क्रमशः एक लाख, ७५ हजार तथा तृतीयले ५० हजार रुपैया नगद पुरस्कार थापेका छन् । सान्त्वना र पाँचौँ भएका प्रतियोगीले क्रमशः ३० हजार तथा १५ हजार रुपैया पाएका छन् ।

 

विजेता तथा उपविजेता धावकहरुलाई पुर्व कृषि राज्यमन्त्रि तथा वागमति प्रदेश सभा सदस्य राधिका तामाङले पुरस्कृत गरिन् । उनले खेल पर्यटनको विकास आवस्यक रहेको वताइन् ।
खेल क्षेत्रको विकास र प्रवद्र्धनवाटै देशको आर्थिक तथा सामाजिक विकास हुनेसमेत वताइन् । कार्यक्रममा वागमति प्रदेश सभा सदस्य इन्द्र गौतम जगतजंग, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, रसुवाका प्रमुख अशोकनाथ घिमिरेलगायतले खेल पर्यटनको सम्भावना निकै रहेको वताए ।
पर्यटकीय पदमार्ग अन्तर्गत तेस्रो गन्तव्य रहेको लाङटाङको साहसिक पर्यटकीय गन्तव्यका रूपमा यसको अन्तर्राष्ट्रिय बजारमा प्रचुर संम्भाबनाको बारेमा प्रवद्र्धन गर्दै पर्यटन प्रर्बद्वनमा टेवा पु¥याउने उद्वेश्यका साथ दौड आयोजना गरिएको हो । उक्त लाङटाङ ट्रेल दौड प्रतियोगितामा १५ जना विदेशी, १५ जना महिला गरी एकसय एक जनाको सहभागिता रहेको प्रतियोगिताका निर्देशक सुुदीप पौडेलले जानकारी दिए ।

क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म कुल ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सम्पन्न भएको हो । यसले खेल पर्यटन तथा स्थानीय सम्भावनाहरुको उजागर गरेको आयोजकको भनाई छ ।


सर्वाधिक रुचाइएको