सगरमाथाको सिर टेकेका सिपवहादुरलाई सम्मान

आरोहण निरन्तरताको कामना
लोकखबर
२०८२ जेष्ठ २४, शनिबार २२:३७

विदुर–विश्वको सवैभन्दा अग्लो शिखर सगरमाथाको सिर टेकेका नुवाकोटको साल्मेका सिपवहादुर तामाङलाई सम्मान गरिएको छ । उनको आरोहण निरन्तरताको कामनासहित सम्मान गरिएको हो ।
तीन साता अगाडि विश्वकै सबैभन्दा अग्लो स्थान सगरमाथा हिमालको सिरमा पुगेर सफलतापुर्वक आरोहण गरेकोमा किस्पाङ गाउंपालिका ४ साल्मेका २६ वर्षिय सिपवहादुर तामाङलाई माओवादी केन्द्रको नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिले सम्मान गरेको हो । कार्यक्रमकावीच उनलाई आरोहणमा थप उर्जा पैदा गराउने उद्धेश्यले सम्मान गरिएको समितिका सचिव कृष्ण घ्याचोतामाङको भनाई छ ।

नुवाकोटको पश्चिमी भेगमा रहेको साल्मेका युवक सिपवहादुर यहि जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथको सफल आरोहण गरेका थिए । उनलाई सम्मान तथा वधाइको ओइरो लागिरहेको छ ।
तामाङले पहिलो पटक सगरमाथाको आरोहण गरेका हुन् । केहि वर्षदेखि गाइडको रुपमा कार्यरत तामाङले सफलतापुर्वक सगरमाथाको आरोहण गरेका हुन् ।

सिपवहादुरले सगरमाथाको शिखर टेकेर विश्वसामु किस्पाङ र नुवाकोटलाई चिनाएको र किस्पाङ गापा र साल्मे गाउंवासीको तर्फवाट विशेष सम्मानको तयारी गरिएको स्थानीयवासीले वताए । उनलाई अन्य संघसंस्थालेसमेत सम्मान गर्ने तयारी गरिरहेका छन् ।

 

 


सर्वाधिक रुचाइएको