पन्चकन्या मन्दिरको महायज्ञ सम्पन्न

३० लाख रुपैया संकलन
लोकखबर
२०८२ जेष्ठ २५, आईतवार २१:४१

विदुर–मन्दिरसहितको भौतिक संरचना निर्माणका लागि नुवाकोटको वगुवामा आयोजित महायज्ञ सम्पन्न भएको छ । यससंगै पन्चकन्या मन्दिरको गुरुयोजना निर्माणको तयारी सुरु गरिएको छ ।
नुवाकोटको वगुवास्थित प्रसिद्ध पन्चकन्यामा मन्दिरसहितको भौतिक संरचना निर्माणका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आइतवार सम्पन्न भएको छ । विदुर नगरपालिका ८ वगुवामा रहेको पन्चकन्यामा मन्दिर तथा भौतिक संरचना, अष्टमात्रिका मुर्ति स्थापना र नियमित पुजारी व्यवस्थापनका लागि सप्ताह ज्ञानमहायज्ञ सम्पन्न भएको हो ।

महायज्ञको कार्यक्रमकावीच वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले केन्द्रीय सदस्य सदस्य केशवराज पाण्डेले समापन गरे । उनले नेपाल विविध धार्मिक, संस्कृति, परम्परा, रितिरिवाज, आकर्षक विशेषता रहेको देश भएका कारण विश्वसामु छुट्टै पहिचान रहेको वताए ।
उक्त मन्दिरको संरचना निर्माणका लागि आफुले प्रदेश सरकारवाट ३० लाख रुपैयाको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले नेपालको संस्कृति, मौलिकता र परम्पराको संरक्षण आवस्यक रहेकोे वताए ।

पञ्चकन्या सेवा समितिद्वारा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ कथा प्रवचन २०८२ धार्मिक सत्संग तथा प्रवचन कार्यक्रममा ३० लाख रुपैया आर्थिक संकलन भएको महायज्ञ आयोजक समितिका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिए । उनले महायज्ञमा संकलित रकम सोही मन्दिरको भौतिक व्यवस्थापनमा खर्च गरिने र गुरुयोजना तयार गरिने निर्णय भएको वताए ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पन्चकन्या मन्दिरको छुट्टै पहिचान र विशेषता रहेको उल्लेख गर्दै भौतिक संरचनाका लागि १० लाख रुपैयाको वजेट वयवस्थापन गरिने वताए । महायज्ञमा दान प्रदान गरेका विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथी वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डेका साथै विशेष अतिथ िविदुर नपाका मेयर राजन श्रेष्ठले आयोजकका तर्फवाट सम्मानित गरेका थिए ।

पन्चकन्या मन्दिरमा अष्टमातृका मूर्ति स्थापना, विविध भौतिक पूर्वाधार विकास निर्माण तथा नियमित पुजारी व्यवस्थापनार्थ कथा शिरोमणी पण्डित दीपकप्रसाद पौडेलद्वारा सात दिनसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ कथा प्रवचनमा विभिन्न देवलिला जनचेतनामूलक नाटक प्रस्तुतिसहित संगीतमय कथा प्रवचन गरिएको पन्चकन्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमन श्रेष्ठले वताए ।

उनका अनुसार महायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी, वेदपाठ, रुद्राभिषेक (रुद्री पाठ), सहस्र जलधार, वेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमि दान, ब्राहमण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्यूचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पूर्ण कार्य सञ्चालन गरिएको थियो ।


सर्वाधिक रुचाइएको