प्रोष्टेट क्यान्सर न्युनीकरण अभियान
विदुर–नुवाकोटको विदुर नगरपालिकाले पुरुषलाई प्रोष्टेट क्यान्सरबाट बचाउन अभियान सन्चालन गरेको छ । गाउंमै परिक्षण सेवा सन्चालन गरिएको छ ।
अभियान अन्र्तगत विदुर नपाले दुई स्थानमा पुगेर पहिचानका लागि परिक्षण शिविर सञ्चालन गरेको छ । खड्गभन्ज्याङ र कल्याणपुरमा सन्चालित दुई दिने शिविरमा एकसय १८ जना पुरुषले प्रोष्टेट क्यान्सरस्क्रिनिङ सेवा लिएका छन् ।
विदुर नपाले प्रोष्टेट क्यान्सरबाट बचाउन पहिलो पटक ४० वर्षमाथिका पुरुषहरुका लागि निःशुल्क दुईदिने स्क्रिनिङ शिविर सम्पन्न गरेको हो । दुवै शिविरको मेयर राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

मेयर श्रेष्ठले मानवको स्वास्थ्य सेवा सवैभन्दा महत्वपुर्ण सेवा भएका कारण यसको प्रभावकारिताका लागि विदुर नपाले विशेष रुपमा कार्यक्रम सन्चालन गरेको वताए । उनले यसवाट पुरुषहरुको स्वास्थ्य सुरक्षामा मद्धत पुगेको वताए ।
विदुर नपाले चालु आर्थिक वर्षमा सबै वडाबासीको स्वास्थ्य सम्बन्धि अभियान बढाउँदै विभिन्न स्वास्थ्य गतिविधि गरिरहेको छ । यसैक्रममा विदुर नपा ३ र १३ मा पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट बचाउन पुरुषका लागि प्रोष्टेट क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनाएको छ । 
खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र कल्याणपुर स्वास्थ्य चौकीमा सन्चालन गरिएको दुईदिने निःशुल्क स्क्रिनिङ शिविरमा एकसय १८ जना पुरुषले सेवा लिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले वताए । उनका अनुसार खड्गभञ्जायाङमा ६९ र कल्याणपुरमा ४९ जना पुरुषले जाँच गराएका छन् ।

विदुर नपाकी उपमेयर प्रभा वोगटीले शिविरमा प्रोष्टेट क्यान्सर नियनत्रण सचेतनामुलक कार्यक्रमसमेत गरिएको र यसलाई निरन्तरता दिइने वताइन् । कार्यक्रममा विदुर ३ का वडाध्यक्ष वद्री रिमाल र विदुर–१३ का वडाध्यक्ष भरतबहादुर तामाङले प्रोष्टेट क्यान्सर स्क्रिनिङ सेवावाट गाउंबासीले उचित लाभ लिएको बताए ।
दुइदिने शिविरमा जाँच गरिएकोमा ६ जनालाई थप उपचारको लागि काठमाडौँ पठाइएको जनाएको छ । युरोसर्जन जीतबहादुर श्रेष्ठको विशेषज्ञको टोली सेवा प्रदान गरेका थिए ।

युरोसर्जन श्रेष्ठले पुरुषमा जन्मजात प्रोष्टेट हुने र उक्त व्यक्तिमा प्रजनन शक्ति हुने जानकारी दिए । पुरुषको पिसाब थैलीमा प्रोष्टेट समस्या भएको वा नभएको पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
प्रति एकलाख जनामध्ये एक जनामा देखिने रोग भए पनि दिनदिनै सहरी क्षेत्रमा प्रोष्टेट क्यान्सर बढ्दो अवस्थामा रहेकाले त्यसको सचेतना अपनाउने सन्देशका लागि शिविर गरिएको विदुर नपाले जनाएको छ ।

उता, नुवाकोटको पुर्वी भेगमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र रानीपौवाबाट इसिजी सेवा सुरु गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र ककनी रानीपौवामा मुटु सम्बन्धि ईसिजी सेवा सन्चालन गरिएको हो । केहि समय अगाडिदेखि रोकिएको उक्त सेवा ककनी गाउँपालिकाको कार्यालयले मेसिन खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।
मेसिन आएपछि सेवा सुरु गरिएको ककनी गापाका अध्यक्ष सुमन तामाङ सज्जनले बताए । गाउंवासीलाई उपचारमा सहज भएको उनले वताए ।
ककनी प्राथमिक स्वास्थ्य केन्द्रबाट इमर्जेन्सी सेवा, ल्याब तथा अन्य स्वास्थ्य सेवाहरु सन्चालन भइरहेको छ । ककनी अधिकांश तामाङ समुदायको वसोवास रहेको स्थान हो । 











































