केरुङमा नेपाल र चिनीया अधिकारीको संयुक्त वैठक

व्यापार सहजीकरण, विपद तथा सुरक्षा सहकार्यमा जोड
लोकखवर विशेष संवाददाता
२०८२ जेष्ठ २५, आईतवार २१:५५

विदुर–चीनको केरुङमा नेपाल र चिनीया पक्षका उच्च अधिकारीवीच द्विदेशिय वैठक भएको छ । केरुङको रसुवागढी नाकामा दुई देशका सुरक्षा अधिकारीवीच समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर वैठक भएको हो ।

दुई देशका सिमावर्ति जिल्लाका अधिकारी सम्मिलित वैठकले सीमापार आपराधिक गतिविधिहरू विरुद्ध लड्न सहयोग सुदृढीकरण, सीमापार आवागमनमा सहयोग सुदृढीकरण, चीनको क्युरोङमा नेपाली नागरिकहरूको अवस्था, व्यापार सहजीकरण, सीमा चिन्हहरूको अवलोकन र संरक्षणलाई सहजीकरण, विपद् व्यवस्थापनका विषयमा केन्द्रीत रहेर चीनको रसुवागढीमा द्विपक्षीय समन्वय बैठक सम्पन्न भएको हो । वर्षको दुई पटक वैठक वस्ने प्रावधान अनुसार यस पटकको वैठक वसेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, प्रहरी नायव उपरिक्षक हेमवहादुर सिंह, सशस्त्र प्रहरी नायव उपरिक्ष, रसुवा भन्सारका अधिकारीलगायत सरोकारवालाको टोली नेपालको तर्फवाट वैठक तथा अन्र्तक्रियामा सहभागी भएको थियो । चीनको केरुङतर्फका चिनीया अधिकारीले प्रतिनिधित्व गरेका थिए ।

मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ अध्यागमन निरीक्षण स्टेशनबाट दुबै देशका स्थानीय प्रशासन, अध्यागमन, भन्सार प्रशासन, प्रहरी प्रमुख, अन्य सम्बन्धित अधिकारीहरुको सहभागितामा चिनको केरुङमा द्विपक्षिय सिमा समन्वय बैठकमा सुरक्षाका साथै अन्य समसामयिक विषयमा छलफल तथा अन्र्तक्रिया भएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । उक्त वैठक प्रत्येक ६/६ महिनामा नेपाल र छिमेकी चीनले आलोपालो रुपमा गर्दै आएका छन् ।

 

 

 

 

 

 


सर्वाधिक रुचाइएको