मेयर कप क्रिकेट प्रतियोगिता आयोजना
विदुर-नुवाकोटको विदुरमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सो प्रतियोगितामा सहभागी खेलाडिहरुको वीमा गरिएको छ ।
विदुर नगरपालिकाले क्रिकेटको विकास र विस्तारका साथै खेलाडिहरुको पहिचानका लागि पहिलो पटक यहि जेठ २९ गते विहीवारदेखि ’प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । विदुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मेयर राजन श्रेष्ठले यसवाट खेल पर्यटनको वृद्धि हुनेसमेत अपेक्षा गरे ।

विदुर नपा ५ पिपलटास्थित खेल मैदानमा हुने सो प्रतियोगिता सन्चालनार्थ १० लाख रुपैया खर्च हुने मेयर श्रेष्ठले वताए । प्रतियोगिताको उपाधि ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलको म्याच अफ दि म्याच तथा प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट भएकालाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता अवधिभर प्रत्येक खेलाडिहरुको तीन लाख रुपैया वरावरको दुर्घटना वीमा गराइने उपमेयर प्रभा वोगटीले वताइन् ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । सोमवारसम्म प्रतियोगिताको सचिवालयमा आठ वटा वडावाट क्रिकेट टिम दर्ता भइसकेको प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलको भनाई छ ।













































