गाउंमै किसान उत्प्रेरणा कार्यक्रम

किसानले पाए कागतीका विरुवा
लोकखबर
२०८२ जेष्ठ २६, सोमबार २०:४०

विदुर–नुवाकोटको किस्पाङ गाउंपालिकाको फिकुरीमा किसानलाई उत्प्रेरणा कार्यक्रम सन्चालन गरिएको छ । यसवाट किसानहरु निकै खुसी भएका छन् ।
किस्पाङ गापा २ फिकुरीले वडाध्यक्षसंग कागती खेती कार्यक्रम लागू गरेको छ । किसानहरुलाई दुई हजार सुन कागतीको बिरुवा बितरण गरिएको छ ।
यसवाट किसानहरु हर्षित भएका छन् । उक्त वडाको च्याम्पेसौरा टोलका ६० जना कृषकहरुलाई २ हजार वोट सुन कागतीको बिरुवा बितरण गरिएको वडाध्यक्ष बद्री देवकोटाको भनाई छ ।

उनका अनुसार सुन कागतीको लागि उपयुक्त हावापानी र ब्यवसायिक रुपमा दिगोपना हुने भएकाले आफ्नै करेसाबारीको सामान्य उत्पादनले परिवारकै जिबिकोपार्जनमा टेवा पु¥याउने उद्देश्यअनुरुप ६० घरपरिवारलाई २ हजार वोट सुन कागतीको बिरुवा बितरण गरिएको हो । कागतीको बिरुवा बितरण गर्दै किस्पाङ गापाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले उत्पादनपछि किसानहरुलाइ बजारीकरणको समस्या भएमा पालिकालेनै खरिदको जिम्मा लिइदिने घोषणा गरे ।

किसानहरुलाई आयआर्जन राम्रो हुने तरिकाले हेरचाहका साथ बिरुवा हुर्काउन अनुरोधसमेत गरे । कागतीको बिरुवा पाएपछि च्याम्पेसौरा टोलका किसानहरु निकै हर्षित भएका छन् ।
वडा कार्यालयबाट सुन कागतीको बिरुवा पाएपछी खुसी हुँदै नुवाकोटको किस्पाङ फिकुरी च्याम्पेसौराका किसानहरुले कागतीको विरुवा रोपणसमेत गरेका छन् । उक्त स्थान कागती खेतिका लागि उपयुक्त स्थान भएका किसानहरुको भनाई छ ।


सर्वाधिक रुचाइएको