उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पुरस्कार

प्रधान सम्पादक भट्टलाई सम्मानसहित पुरस्कार, विद्यालयहरु सम्मानित
लोकखवर विशेष संवाददाता
२०८२ जेष्ठ २६, सोमबार २१:००

विदुर– नुवाकोटको विदुरमा गत वर्षको एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । यसका साथै उत्कृष्ट नतिजा ल्याएका विद्यालयलाई सम्मानित गरिएको छ ।

नुवाकोट र रसुवामा शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधिमा रहेको यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टले सोमवार विदुरमा कार्यक्रमकावीच विद्यार्थी पुरस्कृत तथा विद्यालयलाई सम्मानित गरेको हो । पुर्व प्रधान न्यायाधिष कल्याण श्रेष्टले संस्थाको तर्फवाट सम्मानित गर्नुका साथै पुरस्कृत गरे ।

उनले सामाजिक सेवा जीवनको महत्वपुर्ण सफलता र विस्वास भएको वताए । राजनीतिमा लागेकाले आफुलाई माथि र समाजसेवामा लागेकाले अरुलाई उच्च स्थानमा राख्ने भएका कारण सामाजिक सेवामो महत्व अतुलनीय रहेको वताए ।
पुरस्कृत हुनेहरुमा चार जना विद्यार्थी र एक जना पत्रकार तथा सम्मानित हुनेहरुमा सात वटा विद्यालय रहेको छ । गत वर्षको एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरु रेजिना भण्डारी, आविस्कार ओस्ती, आरभ कोइराला र यमुना पौडेललाई ट्रष्टले कदर पत्रका साथ जनही नगद १० हजार रुपैयाद्वारा पुरस्कृत गरेको हो ।
उत्कृष्ट नतिजा ल्याएवापत पृथ्वी मावि विदुर तथा सम्मानित गरिएका अन्य विद्यालयहरुमा विनायक मावि सुर्यगढी, शिलादेवी मावि वेलकोटगढी, शहिद जगत प्रकाशजंग शाह संस्कृत मावि देवीघाट र कालिका हिमालय मावि कालिकास्थान रसुवा रहेका छन् । कार्यक्रममा आयोजकले ति विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मानित गरेको हो ।
विदुरस्थित पृथ्वी माविका अध्यक्ष राजकुमार श्रेष्ठलाईसमेत सम्मनित गरिएको छ । ति विद्यालयले विद्यालयमा शैक्षिक गतिविधिलाई प्रभावकारी वनाउन गरेको मेहनतको कदर गर्दै सम्मानित गरिएको आयोजक यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले वताए ।
प्रधान सम्पादक भट्टलाई सम्मानसहित पुरस्कार
आम सर्वसाधारणमा पत्रकारितामार्फत सचेतना फैलाउन योगदान पु¥याएवापत लोकखवर डट कमका प्रधान सम्पादक तथा नुवाकोटका सक्रिय पत्रकार देवचन्द्र भट्टलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।
आयोजक यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टका तर्फवाट  प्रधान सम्पादक भट्टलाई कार्यक्रमकावीच सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधिष कल्याण श्रेष्ठले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेर एकै पटक पुरस्कृत तथा सम्मानित गरे ।
पश्चिम वागमतिलाई आधार वनाएर २५ वर्षदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकास तथा प्रवद्र्धनमा पत्रकारितामार्फत योगदान गरेको मुल्यांकन गर्दै ट्रष्टले प्रधान सम्पादक  भट्टलाई नगद १० हजार रुपैया राशीसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेको हो । पत्रकार भट्टले २०६५ सालमा स्थापित ट्रष्टको सामाजिक गतिविधिलाई उच्च प्राथमिकताका साथ जनपक्षिय कलम चलाएको कारण सम्मान तथा पुरस्कृत गरिएको ट्रष्टका सहसचिव सरोज केसीले वताए ।
प्रधान सम्पादक भट्ट नुवाकोटको विदुरवाट प्रशारण भइरहेको सामुदायिक रेडियो, रेडियो भैरवीका अध्यक्ष तथा स्टेशन प्रमुख तथा नयां रुपरेखा साप्ताहिकका सम्पादक तथा प्रकाशकसमेत हुन् ।
सोही कार्यक्रममा पुर्वमन्त्रि, प्रतिनिधि सभा सदस्य तथा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले सामाजिक सेवा र राजनीति फरक भएको वताए । उनले आफुहरुले सामाजिक सेवा गर्दा कुनै पनि दल विशेषले नहेरेको वताए ।
शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा जागरणका लागि ट्रष्टले डेढ दशकदेखि दुरदराजमा रहेका नागरिकहरुलाई सेवा प्रदान गरिरहेको र यो राजनीति भन्दा पनि माथि रहेको वताए । भुकम्प, वाढी पहिरो, कोरोनालगायत विभिन्न संकटका समयमा ट्रष्टले मानवीय सेवालाई क्रियाशील वनाएर सवैको माझ पुगेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा ट्रष्टका महासचिव तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले आम मानिसको स्वास्थ्य र शिक्षाको अधिकारलाई आफुहरुले प्रवद्र्धन गरिरहेको वताए ।
कार्यक्रममा ट्रष्टका डा. नारायणनरसिंह खत्री, राजकुमार पण्डित, कृष्ण कुइकेल,   जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, लेखक तथा  कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठ, अधिवक्ता सुरेन्द्रराज अधिकारी, कांग्रेस नुवाकोटका उपसभापति राजु थापालगायतले सामाजिक र मानवीय सेवावाटै समाजको मन जितिने वताए ।


सर्वाधिक रुचाइएको