पुर्व जनप्रतिनिधिको निधन

पशुपतिमा अन्तिम संस्कार
लोकखबर
२०८२ जेष्ठ २७, मंगलवार २१:५१

विदुर–नुवाकोटको कविलासका पुर्व जनप्रतिनिधिको निधन भएको छ । पञ्चकन्या गाउँपालिका २ कविलासका तत्कालीन पूर्व गाविस अध्यक्ष गणेशप्रसाद (भरत) मिश्र को ९२ वर्षको उमेरमा निधन भएको हो ।
उनको मंगलबार आफ्नै निवासमा निधन भएको हो । मिश्र लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट तत्कालीन कविलास गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भएका थिए । मिश्रका दुई छोरा रहेका छन् ।
एक छोरा बैकुण्ठ हाल कांग्रेस नुवाकोटका सचिवसमेत छन् । मिश्रको मंगलवारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।


सर्वाधिक रुचाइएको