विद्यार्थीमाझ अपराध न्युनीकरण सचेतना

विद्यालयमा पुगेर साइवर अपराध नियन्त्रण कार्यक्रम
लोकखबर
२०८२ जेष्ठ २८, बुधबार २२:३१

विदुर–नुवाकोटको तादी गाउँपालिकामा रहेका विभिन्न विद्यालयहरुमा विद्यार्थीमाझ अपराध न्युनीकरण कार्यक्रम सन्चालन गरेको छ । विद्यालयमा पुगेर साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

तादीका विद्यालयमा पुगेर सावधानी अपनाऔँ साइबर अपराधबाट बचौं, भन्ने मूल नाराका साथ गाउंका सामुदायिक विद्यालयमा साइबर अपराध सम्बन्धि सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सचेतना कार्यक्रम प्रदान गरिएको छ । तादी गापाको आयोजना र इलाका प्रहरी कार्यालय खरानीटार, नुवाकोटको समन्वयमा साइबर अपराधका सम्बन्धमा विद्यार्थीहरलाई सचेतना दिने उद्देश्यका साथ साइवर अपराध नियन्त्रण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम अन्र्तगत पहिलो चरणमा विभिन्न पांच वटा विद्यालयमा पुगेर गापाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी अधिकारीले विद्यार्थीहरुलाई उक्त जानकारी गराएका हुन् । कार्यक्रममा तादी गापाका अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सञ्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत धुब्र खनाल, सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्ले, इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक जयन्ती थापा, प्रहरी सहायक निरिक्षक राजेश केसी, प्रहरी सहायक हवल्दार वलबहादुर थापालगायतले साइवर अपराध र यसको नियन्त्रणका्े विषयमा जानकारी गराएका थिए ।

यस कार्यक्रमले सबै विद्यार्थीहरुलाई साइबर अपराधका सम्बन्धमा सचेतना फैलाउने र यसले समाजमा जागरण दिने उद्धेश्य रहेको तादी गापा अध्यक्ष शन्तमान तामाङले वताए । विद्यार्थीहरुले आफुहरुले यस वारेमा आफ्नो गाउंघरमा सचेतना फैलाउने प्तिवद्धता जनाएका छन् ।
वढ्दो साइबर अपराध रोकथाम र यसको न्यूनीकरणका उपायहरू रसकारात्मक सोचको विकास कसरी गर्ने, मनोपरामर्शका सवालमा प्रशिक्षण दिइएको तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठको भनाई छ ।

 

 


सर्वाधिक रुचाइएको