लोकतान्त्रिक निर्माण व्यवसायीको अधिवेसन
विदुर–नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ नुवाकोटको प्रथम अधिवेसन सम्पन्न भएको छ । विदुर बुधबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा तुप्चेका सुमन अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।

आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयां कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा कृष्णप्रसाद थपलिया र वीरबहादुर गुरुङ चयन भएका छन् ।
महासचिवमा योगेन्द्रसिंह थापा, उपमहासचिवहरूमा विवेक लामिछाने र दिनेश पण्डित, कोषाध्यक्षमा बिनोद भट्ट र सह–कोषाध्यक्षमा अशोक तामाङ चयन भएका छन् ।

सदस्यहरूमा कुमार गौतम, सुमन सापकोटा, हर्कबहादुर तामाङ, वीरमान तामाङ, सुरज सिलवाल, बलदेव थापा, निश्चल पनेरु र महिला सदस्यमा सरिता अधिकारी रहेका छन् । उक्त अधिवेसनको उद्घाटन शत्र शैलेन्द्रराज प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसअघि, अधिवेसनकोको उद्घाटन गर्दै वागमति प्रदेश सभा सदस्य तथा कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले सार्वजनिक खरिद ऐन नेपालको विकासको प्रमुख बाधक रहेको बताए । उनले उक्त ऐनले न्यूनतम मूल्यको आधारमा ठेक्का दिने गर्दा गुणस्तरीय निर्माण कार्य हुन नसकेको आरोप लगाए ।
महतले तत्काल यस ऐनलाई परिवर्तन गरी दीर्घकालीन र गुणस्तरीय पूर्वाधार विकासमा जोड दिनुपर्ने वताए । महतले लोकतान्त्रिक निर्माण व्यवसायी संघलाई नेपाली कांग्रेससँग मिलेर प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै पार्टीको साथ रहने प्रतिबद्धता पनि जनाए।
उनले यस विषयमा निर्माण व्यवसायी, निजी क्षेत्र तथा जनप्रतिनिधिहरूले एकजुट भएर आवाज उठाउनुपर्ने बताए। सोही कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, म्यागङ गापाका अध्यक्ष आशावहादुर तामाङ, संंघका केन्द्रीय सदस्य सन्तकुमार श्रेष्ठ, फैसिङ तामाङलगायतले निर्माण व्यवसायीमार्फत जनप्रतिनिधि भएकाहरूले पार्टी संगठनलाई बलियो बनाउन सहयोग गर्नुपर्ने धारणा राखे ।











































