वातावरण संरक्षणका लागि चित्रकला प्रतियोगिता

–रुनिका भइन् प्रथम
लोकखबर
२०८२ जेष्ठ २८, बुधबार २२:४१

विदुर–वातावरण संरक्षणमा सचेतना प्रदान गर्ने उद्धेश्यले नुवाकोटको त्रिशूलीमा विद्यार्थीहरुमाझ चित्रकला प्रतियोगिता गरिएको छ । विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

विश्व वातावरण दिवस २०२५ को सन्दर्भमा डिभिजन बन कार्यालय, नुवाकोटको सहयोगमा त्रिभुवन त्रिशूली मावि त्रिशूलीमा आयोजित वातावरण संरक्षण सम्वन्धि चित्रकला प्रतियोगितामा एकसय ४८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा रुनिका तामाङ प्रथम भइन् ।

उनले नगद तीन हजार रुपैया पुरस्कार थापिन् । अस्मिता श्रेष्ठ द्वितिय, युनिका थापा तृतीय, खुसी तामाङ र अपेक्षा तामाङले सान्त्वना पुरस्कार जिते ।
उक्त चित्रकला प्रतियोगितामा दोश्रोले दुई हजार, तृतीयले एकहजार तथा सान्त्वना र पांचौ भएकाले जनही पांच/पांच सय रुपैया पुरस्कार पाएका छन् । विद्यालयका प्रधानाध्यापक महेन्द्र रावत, सहायक प्रअ राजेन्द्र दवाडीलगायतले विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरे ।

वातावरण संरक्षणमा विद्यालयका विद्यार्थीहरुलाई जानकारी दिने उद्धेश्यले उक्त प्तियोगिता गरिएको डिभिजन वन कार्यालय नुवाकोटकी प्रमुख रोशना पोखरेलले वताइन् । उनले यसवाट विद्यार्थीहरुले वातावरणको महत्वको वारेमा समेत जानकारी हासिल गरेका छन् ।


चित्रकला प्रतियोगिताका लागि आवस्यक सामग्रीहरुसहित बिजेताहरुका लागि कार्यालयले पुरस्कारको व्यवस्था गरेको र यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने वन अधिकृत कमल घिमिरेको भनाई छ । उनका अनुसार कार्यालयले वन तथा वातावरण संरक्षणमा विविध कार्यहरु गर्दै आइरहेको छ ।

 


सर्वाधिक रुचाइएको