दुुप्चेश्वर धार्मिक पर्यटनको केन्द्र वन्दै

३४ फिट अग्लो वुद्धको मुर्ति र पार्क उद्घाटन
लोकखबर
२०८२ जेष्ठ २९, बिहीबार २०:२६

विदुर–नुवाकोटको दुप्चेश्वर धार्मिक पर्यटनको केन्द्र वन्दै गरेको छ । दुप्चेश्वरका विभिन्न स्थानमा आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि पार्क सन्चालन र वुद्धका ठुला मुर्ति प्तिस्थापवन गरिएको छ ।
दुप्चेश्वर गाउँपालिकास्थित नाटाङभञ्ज्याङमा ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । पार्कसमेत सन्चालन गरिएको छ ।

दुप्चेश्वरको नाटाङभञ्ज्याङमा आयोजित कार्यक्रममा दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाले ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापनसहित उद्घाटन गरे । उक्त स्थानमा धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मूर्ति प्रतिस्थापन गरिएको हो ।
६८ लाख रुपैयांको लागतमा वुद्धको उक्त मूर्तिसँगै वाल, दुबो र झण्डा पार्कसमेत निर्माण गरिएको छ । उद्घाटन गर्दै गापा अध्यक्ष थापाले उक्त पार्कवाट स्थानीय पर्यटन प्रवद्र्धनमा मद्धत पुग्ने बताए ।
उनले आन्तरिक तथा वाह्य पर्यटककोसमेत आगमन वढ्ने वताए । कार्यक्रममा गुम्बा संरक्षण समितिका अध्यक्ष तीर्थ तामाङले यसको प्रवद्र्धनमा सवै पक्षको सहयोगको अपेक्षा गरे ।

दुप्चेश्वर गापाको विशेष आयोजनाहरु मध्ये ३ र ४ को सिमानामा रहेको नाटङभन्ज्याङमा पर्यटकिय पार्क निर्माण गरि आन्तरिक तथा वाह्य पर्यटकहरुलाई जोड्नका लागि निर्माण कार्य गरिएको उपाध्यक्ष माकुरी तामाङको भनाई छ ।
उक्त संरचनाको निर्माणका लागि वागमति प्रदेश सरकारबाट ६ लाख, गत आव२०८०/०८१ मा दुप्चेश्वर गाउँपालिका संघीय समपुरक वजेट २ करोड, चालु आव २०८१/०८२ मा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत ६८ लाख रुपैयाको लागतमा वुद्धको मुर्ति सहितको पार्क निर्माण कार्य सम्पन्न भएको होे ।
पर्यटकिय आकर्षणको केन्द्र वन्दै गएको नाटाङभञ्ज्याङ पुग्न काठमाडौं–गुर्जे–खोलेगाउँ, मानेभञ्ज्याङ–गोल्फुभञ्ज्याङ र समुन्द्रटार–झगडे–पेमासु हुँदै सडकमार्गबाट पुग्न सकिन्छ ।

यसैवीच, दुपचेश्वर गापा ६ स्थित दुप्चेश्वर धाम परिसरमा भगवान बुद्धको प्रतिमा उद्घाटन गरिएको छ । सो मुर्तिको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले उद्घाटन गरे ।

मुर्ति उयद्घाटन कार्यक्रममा गापा उपाध्यक्ष माकुरी तामाङ, दुप्चेश्वर २ का वडाध्यक्ष वीरवल तामाङ, नकर्मी सेवा समाजका जितेन्द्र नकर्मी, दुप्चेस्वर क्षेत्र बिकास कोष र नकर्मी सेवा समाजवीच संयोजनको भुमिका निभाएका सुनील मोक्तानलगायतले यसवाट धार्मिक पर्यटनमा वढोत्तरी हुने अपेक्षा गरे ।


सर्वाधिक रुचाइएको