तिगाउंमा किसान जागरण कार्यक्रम

आधुनिक खेति प्रणालीका लागि उपकरण हस्तान्तरण
लोकखबर
२०८२ जेष्ठ २९, बिहीबार २०:३७

विदुर–नुवाकोटको वेलकोटगढी नगरपालिकाले किसान जागरण कार्यक्रम सन्चालन गरेको छ । जस अन्र्तगत किसानहरुलाई आधुनिक खेति प्रणाली अनुसार उत्पादन वढोत्तरीका लागि आधुनिक उपकरणहरु प्रदान गरिएको छ ।

वागमति प्रदेश सरकार र वेलकोटगढी नपाको संयुक्त लागत साझेदारीमा तिगाउंका किसानहरुलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको हो । किसानहरुलाई यसअघि आधुनिक कृषि उत्पादन सम्वन्धि प्रशिक्षण दिइएको थियो ।

वेलकोटगढी नपा ११ वडाका किसानहरुलाई टनेल, पाइप, विउविजन, स्प्रेलगायतका विभिन्न कृषि उपकरणहरु उपमेयर शिवप्रसाद दाहालले हस्तान्तरण गरे । उनले सिकानहरुलाई आधुनिक पद्धतीवाट खेति गरि उत्पादन वढाउनसमेत आग्रह गरे ।

उक्त वडाका किसानहरुलाई कुल १२ लाख रुपैया वरावरको कृषि उपकरण, विउविजनलगायतका सामग्री हस्तान्तरण गरिएको हो । वडाध्यक्ष प्रकाशजंग पाण्डेले कृषि प्रणालीलाई व्यवस्थित गरे खेति किसानवाटै जीवनस्तर उकासिने वताए ।


सर्वाधिक रुचाइएको