वालवालिकालाई पोषण सामग्रीका लागि नगद

–स्वास्थ्य र सरसफाई सामग्रीसमेत प्रदान
लोकखबर
२०८२ जेष्ठ ३०, शुक्रबार १९:४७

विदुर–नुवाकोटको वट्टारमा वालवालिकाहरुलाई पोषणका लागि नगद प्रदान गरिएको छ । यसका साथै स्वास्थ्य र सरसफाइका सामग्रीहरुसमेत हस्तान्तरण गरिएको छ ।

बिदुर नगरपालिका ४ ले शुक्रवार आफ्ना वडामा नवजात शिशु संरक्षण कार्यक्रम अन्र्तगत पोषण सामग्री खरिद प्रोत्साहन तथा स्वास्थ्य र सरसफाइका सामग्रीहरु हस्तान्तरण गरेको हो । वडाध्यक्ष निलमबाबु ढुङ्गेलले चालु आब २०८१/०८२ मा स्वीकृत ४ नं वडा स्तरिय बाल बालिका प्रोत्साहन कार्यक्रम अनुसार उक्त वडा चालु आवभित्र जन्मेका बाल बच्चालाई पोषण खर्चवाट प्रतिक एक वालक एकहजार रुपैया नगद बच्चाको लागि झुल एक थान, रुमाल एक थान र साबुन चार थान हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम प्रभावकारी रहेको र यसलाई निरन्तरता दिइने ढुंगेलले् वताए । शुक्रवार एकैदिन १९ जना नवजात शिशुका परिवारले उक्त सामग्री लिइसकेका छन् ।


हालसम्म २७ जनाले पोषण भत्ता र तथा स्वास्थ्य र सरसफाइका सामग्रीहरु प्राप्त गरिसकेको वडा सचिव दीपक मुडवरीले वताए । उनका अनुसार यहि आवको असार मसान्तसम्म जन्मेका शिशुले सो सामग्रीहरु प्राप्त गर्नेछन् ।

 

 

 


सर्वाधिक रुचाइएको