पसल वन्द गरेर सुनचांदी व्यवसायी प्रशासनमा

–तीन शुत्रीय माग राख्दै आन्दोलित
लोकखबर
२०८२ जेष्ठ ३०, शुक्रबार १९:५४

विदुर–नेपाल सुनचाँदी ब्यबसायी महासंघ नुवाकोटले सरकारसमक्ष विभिन्न तीन वुंदे माग राखी शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ । संघका अध्यक्ष भीमराज वज्राचार्यसहितको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष सरकारलाई ज्ञापन पत्र वुझाएको हो ।

ज्ञापनपत्रमा सरकारले आगामी आव २०८२/०८३ मा सुनमा लगाएको २ प्रतिशत बिलासिता कर र हिरा पत्थर जवाहरातमा १३ प्रतिशत भ्याट खारेजी हुनुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गरिनुपर्ने र सुनचांदीको कारोवारको लागि प्रष्ट नीति नियमावली वनाइनु पर्ने माग गरेको छ । उक्त मागका सम्वन्धमा नेपाल सुनचाँदी ब्यबसायी महासंघ, नेपाल सुनचांदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले ऐक्यवद्धता जनाएको छ ।

ज्ञापनपत्र वुझ्दै प्रजिअ शशिधर घिमिरेले आफ्ले उक्त ज्ञापन पत्र सम्वन्धि कार्यालयमा पठाउने प्रतिवद्धता जनाए । सरकारले आफ्ना मागहरु पुरा गर्नुपर्ने माग गर्दै व्यवसायीहरुले दुई दिनदेखि पसलव्यवसाय वन्द गरेका छन् ।

नुवाकोटमा ५० जना सुनचांदी व्यवसायी आवद्ध रहेको महासंघका अध्यक्ष भीमराज वज्राचार्यले वताए । सुनचांदीका उपभोक्ता, ब्यापारी र कालीगढलाई मैत्रीपुर्ण कानुन र नीति निर्माणको लागि सरकारलाई दवाव स्वरुप आफुहरु आनदानेलित हुनुपरेको वज्राचार्यले वताए ।


सर्वाधिक रुचाइएको