अपांगता संरक्षण कार्यक्रम

–सहायक सामग्री र वाख्रा वितरण
लोकखबर
२०८२ जेष्ठ ३१, शनिबार २२:१२

विदुर-नुवाकोटको शिवपुरीमा अपाङ्गता भएका नागरिकहरुलाई संरक्षण कार्यक्रम सन्चालन गरिएको छ । सहायता र शैक्षिक सामाग्रीका साथ आयआर्जनका लागि वाख्रासमेत वितरण गरिएको छ ।

शिवपुरी गाउपालिकामा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको लागी बाख्रा, शैक्षिक सामाग्री र सहायक सामग्रीहरु प्रदान गरिएको हो । अपाङ्ग मानव अधिकार मन्च नुवाकोटको आयोजना र शिवपुरी गापाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले सहायता र शैक्षिक सामाग्रीका साथ आयआर्जनका लागि वाख्रा हस्तान्तरण गरे ।

समुदायमा आधारित पुनःस्थापन कार्यक्रम अन्र्तगत गाउंका अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनको लागि २० जनालाई एक/एक वटा बाख्रा, १ जना विद्यार्थीलाई शैक्षिक सामग्री र १ जनालाई बैशाखी, शौचालय चियर र व्हिलचियर प्रदान गरिएको हो । शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले अपाङ्गता भएका व्यक्तिहरुको लागी संरक्षण अधियान सन्चालन गरिएको र गापाले आगामी दिनमा पनि अपांगतालाई अन्य सहयोग गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा शिवपुरी गापा कार्यपालिका सदस्य रिता नेपाली, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी पुजा खतिवडा, गैह्रसरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष लोचन भट्टराई, सस्थाका अध्यक्ष ओमवहादुर घिमिरेलगायतले अपांगतालाई समाजमा सक्षम हुने वनाउनु सवैको दायित्व रहेको वताए ।

 


सर्वाधिक रुचाइएको