कोलोनीमा व्याडमिन्टन कभर्ड हल उद्घाटन
–खेलाडि प्रवद्र्धन मुख्य उद्धेश्य
विदुर-नुवाकोटको विदुरमा आधुनिक व्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको छ । विदुर नगरपालिका ९ कोलोनीमा निर्मित आधुनिक व्याडमिन्टन कभर्ड हलको शनिवार उद्घाटन गरिएको छ ।

चार रोपनी क्षेत्रफलमा फैलिएको नवनिर्मित ब्याडमिन्टन कभर्ड हलको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले आधुनिक र राष्ट्रियस्तरको कभर्ड हलको निर्माणले खेलाडिहरुका पहिचान र खेलको प्रवद्र्धनमा मद्धत पुगेको वताए ।

विदुर नपाको २५ लाख रुपैयाँको लागतमा उक्त कर्भड हल निर्माण गरिएको हो । कभर्ड हल उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, समितिका सदस्यहरु सीता खड्कापराजुली र कविन्द्र कारन्जित, युवा सामाजिक अगुवा फैसिङ तामाङलगायतले खेल र मानव जीवनको महत्वका सम्वन्धमा चर्चा गरेका थिए ।













































