दुई दिनदेखि महिला वेपत्ता
–थुन्से भेटियो, खोजीमा परिवार, आफन्त, सर्वसाधारणसहित प्रहरी परिचालन
विदुर–नुवाकोटको इनारपाटीकी एक महिला दुई दिनदेखि वेपत्ता रहेकी छन् । उनको खोजीमा परिवार, आफन्त, सर्वसाधारणसहित प्रहरी परिचालन भएका छन् ।
विदुर नगरपालिका ६ इनारपाटी वस्ने ३० वर्षिया मन्जु न्यौपाने शनिवार विहानदेखि घरवाट घांस काट्न हिडेकोमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मन्जुले वोकेको थुन्से भने घरदेखि एक किलोमिटर दुरी सुन्दरारादेवी वनमा त्रिशूली नदी किनारमा फेला परेको वडाध्यक्ष श्यामकृण चालिसेले जानकारी दिए ।
उनको खोजीमा दुई दिनदेखि नै आफन्त, सर्वसाधारण तथा प्रहरी परिचालन भए पनि अवस्था पत्ता लाग्न नसकेको चालिसेले वताए । नदी किनारामा महिलाले वोकेको थुन्से फेला परेपछि उनको खोजीमा सवैजना त्रिशूली नदीका विभिन्न स्थानमा पुगेर खोजी गरिरहेका छन् ।












































