त्रिशूली अस्पतालमा मातृशिशु भवन निर्माणको तयारी

पांच तल्ले पक्कि भवनका लागि सार्वजनिक सुनुवाई
लोकखबर
२०८२ असार १, आईतवार २०:२४

विदुर–नुवाकोटसहित तीन जिल्लाका विरामीहरुको उपचार गरिदै आएको त्रिशूली अस्पतालमा मातृशिशु वार्डसहित आधुनिक पक्कि भवन निर्माणको तयारी सुरु गरिएको छ । विदुर नगरपालिका ९ कोलोनीमा पांचतले सुविधासम्पन्न पक्कि मातृशिशु वार्ड भवन निर्माणको तयारी पुरा भएको अस्पतालले जनाएको छ ।
नुवाकोट, रसुवाका र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार हुदै आएको त्रिशूली अस्पतालमा ‘मातृशिशु वार्ड सहितको त्रिशूली अस्पताल भवन’ निर्माणको तयारी गरिएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ । प्रस्तावित पांच तले भवन बनाउनको लागी कुल ७० करोड रुपैयाँ लाग्ने जनाइएको हो ।
हाललाई तीन तले भवन निर्माण गर्ने र त्यसको लागी झण्डै ३७ करोड रुपैयाँ लागतसहितको प्रस्तावना त्रिशूली अस्पतालले बागमती प्रदेस सरकार समक्ष पेश गरिसेकेको छ । त्रिशूली अस्पतालको तर्फबाट अध्यक्ष उपेन्द्र बुढाथोकी, निर्देशक डा.राजेन्द्र लामा र अस्पताल सदस्यहरु यसमा क्रियाशील भएका छन् ।

विदुर नपाका मेयर राजन श्रेष्ठले उक्त प्रस्तावको सम्बन्धमा बागमती प्रदेस स्वास्थ्य मन्त्रालयलाई प्रस्तुतीकरण गरिसकेकाले उक्त योजना कार्यान्वयनको लागी गर्नुपर्ने सार्वजनिक सुनुवाई आइतबार सम्पन्न गरिएको हो । उक्त सार्वजनिक सुनुवाईमा मेयर श्रेष्ठले त्रिशूली अस्तपालको सेवा सुधारको लागी विदुर नपााबाट आवश्यकता अनुसारको औषधि र जनशक्ति प्रदान भइरहेको र छिट्टै टेलिमेडिसिन सेवा सञ्चालन गर्न र नर्सिङ अध्ययनको लागी पनि आवश्यक पूर्वाधार तथा उपकरण सहयोगको समझदारी भए अनुसार सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा विदुरकी उपमेयर प्रभा बोगटीले अस्पतालले दिइरहेको उपचार सेवालाई आगामी दिनमा थप सुधार गर्दै बिरामीलाई उत्कृष्ट सेवा पु¥याउनलाई केन्द्रीत रहन सुझाब दिइन् । उनले अस्पतालले उपकरण तथा जनशक्तिवाट सेवा दिइरहेको वताइन् ।

हाल अस्पतालको नयाँ भवन भएको परिसरमा थप सुविधासम्पन्न मातृशिशु वार्डको लागी नयाँ भवन योजना तयार गरिएको हो । उक्त भवनमा मातृशिशु उपचारको लागी आवश्यक सम्पूर्ण संरचना समावेश हुने गरेर डिजाइन तयार गरिएको डिपिआर तयार गर्ने ईञ्जिनिर सुरज लामाले जानकारी दिए ।
भवन निर्माणको क्रममा उत्पन्न हुने वातावरणीय प्रभाव सकेसम्म पर्न नदिनको लागी सचेत रहनुपर्ने र कहीँकतै केही देखिएमा तत्कालै समाधानको विकल्प सहितको सुझाबहरु तयार गरिएको वातावरण विज्ञ सरोज नेपालका् भनाई छ । अस्पतालको डिपिआर तयार भएर बजेट कार्यान्वयनको लागी सार्वजनिक सुनुवाई अनिवार्य भएकाले बागमती प्रदेस सरकारमार्फत आगामी आवको बजेटमा श्रोत सुनिश्चत हुने आशा सहित सार्वजनिक सुनुवाई गरिएको हो ।

मातृशिशु वार्ड सहितको भवन निर्माणको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा विदुर ९ का वडाध्यक्ष हरिराम भण्डारी, अस्पताल सन्चालन समितिका पदाधिकारीहरु, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु स्थानीय समाजसेवी, व्यावसायी, उद्यमी तथा भद्रभलाद्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

विदुर नपाका मेयर राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले कार्ययोजना प्स्तुत गरेका थिए । विदुर नपाको पहलमा बागमती प्रदेस सरकारको सहयोगमा ‘मातृशिशु वार्ड सहितको त्रिशूली अस्पताल भवन’ निर्माणको लागी डिपिआर गरिएको छ ।

तत्कालको लागी करिब ३७ करोड लागतमा तीनतले सुविधासम्पन्न भवन निर्माणको लागी बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह लामातामाङमार्फत आगामी आर्थिक वर्षको बजेटमा श्रोत सुनिश्चितको लागी माग गरिएको छ । नुवाकोटको जिल्ला अस्पतालको रुपमा रहेको त्रिशूली अस्पताल हाल एक सय शैह्याका साथ सञ्चालन भइरहेको छ । अस्पतालमा विशेषज्ञ सेवाकासाथ हरेक दिन सेवा प्रदान गरिदै आएको छ ।

 

सोही अस्पतालमा टोकन प्रणालीका साथ आयतवाररदेखि अनलाइन टिकेटिडको व्यवस्थासमेत गरिएको छ । सो अस्पतालमा आकस्मिक र वरिरंगसमेत गरि दैनिक पांचसय जनाले उपचार सेवाल लिदै आएकोमा विगत केही वर्षदेखि अस्पतालको सेवाको कारण प्रदेश सरकार र संघीय सरकारको कार्यक्षमता मुल्याड्ंकनमा पनि उत्कृष्ट अस्पतालको रुपमा रहँदै आएको छ ।

 


सर्वाधिक रुचाइएको