बसले किच्दा महिलाको मृत्यु
विदुर–नुवाकोटको ढुंगेवजारमा वसले किच्दा पैदल हिडिरहेकी एक महिलाको ज्यान गएको छ । पासाङल्हामु मार्गअन्र्तगत विदुर–ढुंगे–वेत्रावति सडकखण्डमा आइतवार वसले पैदल हिडिरहेका एक महिलालाई किच्दा उनको ज्यान गएको हो ।

उक्त सडकमार्गमा रहेको विदुर नगरपालिका–१ ढुङ्गेवजारमा गुडिरहेको वसले किचेर गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा दिउंसो मृत्यु भएको हो । ढुंगेवजारबाट रसुवाको डाडागाउ.तर्फ जाने क्रममा रहेको ना४ख ४८४ नम्वरको यात्रुबसले किच्दा किस्पाङ गाँउपालिका –५ शान्तिवारकी ५४ वर्षिया अम्बिका भट्टलाई गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

गम्भीर घाइते भट्टलाई स्थानीयवामसीले उद्धार गरि त्रिशूली अस्पताल पु¥याएका थिए । त्रिशूली अस्पतालमा आवस्यक उपचार गरि उनलाई थप उपचारको लागी काठमाडौँ लगिएकोमा उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा निधन भएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिए ।

प्रहरीले बस र त्यसका चालक रसुवाको उत्तरगया गापा– ३ का ४२ को जीवन गुरुङलाई नियन्त्रणमा लिएर आवस्यक कारबाही सुरु गरेको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार उक्त सडकमार्गमा रहेको ढुंगेवजारमा महिलालाई गुडिरहेको वसको अगाडिको टायरले किचेर सख्त घाइते वनाएको हो ।











































